बीमा समिति आजदेखि बीमा प्राधिकरणमा परिणत, अध्यक्ष शिलवालले गरे उद्घाटन
काठमाडौं । आजदेखि बीमा समिति नेपाल बीमा प्रधिकरणमा परिणत भएको छ । बीमा प्राधिकरण अब सरकारको बीमा सल्लाहकारको रुपमा काय गर्नेछ ।
मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरि प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालले उदघाटन गरे । अब बीमकको लाइसेन्स दिने तथा खारेज गर्ने सम्पूर्ण अधिकार प्राधिकरणको हुनेछ ।
आज अर्थात कात्तिक २२ गतेदेखि नयाँ बीमा ऐन २०७९ लागू भएको छ । नयाँ ऐन अनुसार अब बीमा समितिबाट रुपान्तरण भएर नेपाल बीमा प्राधिकरण भएको हो ।
बीमा ऐन २०४९ लाई संसोधन गर्न बनेको नयाँ कानुन अर्थात् बीमा ऐन २०७९ राजपत्रमा प्रकाशित भएको छ । बीमा ऐन राष्ट्रपति विद्यादेवी भण्डारी गत असोज २३ गते प्रमाणीकरण गरेकी हुन् ।
















