चौधरी ग्रुपको जलविद्युतमा डेब्यू, तयार भयो ‘मिडिल मोदी’ आयोजना - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

चौधरी ग्रुपको जलविद्युतमा डेब्यू, तयार भयो ‘मिडिल मोदी’ आयोजना



काठमाडौं । अर्बपति विनोद चौधरीको समूहले पहिलो पटक नेपालमा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरेको छ । कास्कीको अन्न्पूर्ण गाउँपालिकामा बाँध बाँधेर ल्याएको पानीले पर्वतको मोदी गाउँपालिका–२ कोङ्गामा बनेको विद्युत् गृहबाट विजुली उत्पादन सुरु भएको हो । १८ मेगावाट जडित क्षमताको यो आयोजनाले हालैमात्र परीक्षण उत्पादन थालेको चौधरी ग्रुपका सञ्चालक निर्वाण चौधरीले जनाएका छन् ।

एक दशक अघिदेखि नै जलविद्युतमा लगानी गर्न खोजेको यो ब्यवसायिक घरानाले ऊर्जा क्षेत्रमा आफ्नो पहिलो खुड्किलो पार गरेको छ । यो आयोजनाले १५ दिन परीक्षण उत्पादन गरे पनि व्यवसायिक उत्पादन थाल्ने छ । आयोजनाको उत्पादित विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । अहिलेको हिउँदे याममा ७ मेगावाट हाराहारीमात्रै विजुली उत्पादन गर्ने भए पनि यसले नेपालको कुल विद्युत् उत्पादनमा महत्वपूर्ण योगदान गर्ने छ ।

सरकार र सम्बन्धित निकायले आवस्यक सहायता र सहजिकरण नगरिदिएका कारण आयोजना सम्पन्न गर्न ढिलाई भएको प्रबद्र्धकको गुनासो छ । यद्यपि, एउटा आयोजनाले मूर्त रुप लिएपछि थप विद्युत् परियोजनामा लगानी गर्न प्रयास भइरहेको चौधरी ग्रुपले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्