११ श्रावण २०८३, सोमबार

सम्पत्ति शुद्धीकरणमा प्राधिकरणको नयाँ निर्देशन, अब संस्थापक सेयर कारोबारको स्वीकृति लिन प्रहरी रिपोर्ट



काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी विवरण सम्वधी नयाँ निर्देशिन जारी गरेको छ ।

प्राधिकरणले बीमकले अपनाउनुपर्ने निरोधात्मक उपायहरुलाई थप प्रभावकारी बनाउन साथै बीमा क्षेत्रमा हुने आर्थिक अपराधलाई न्युनीकरण गर्न नयाँ निर्देशन जारी गरेको हो ।

नयाँ निर्देशनअनुसार २५ लाखभन्दा बढी बीमाङ्क कायम गरि जारी हुने बीमालेखामा इच्छाइएको व्यक्तिसंगको सम्बन्ध खुल्ने कागजात अनिवार्य लिनुपर्ने व्यवस्था भएको छ । एकप्रतिशत भन्दा बढी सेयर कारोबारको सम्वन्धमा प्राधिकरणकोक स्वीकृति माग गर्दा खरिदकर्ताको प्रहरी निवेदन पेश गर्नुपर्ने प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

बिमालेखमा हिताग्राही/मनोनित उल्लेख गर्दा निजको पहिचानसम्बन्धी कागजात (नागरिकता वा सरकारी निकायबाट जारी परिचय खुल्ने अन्य कागजात) अनिवार्य लिनुपर्नेछ भने ऊक्त व्यक्ती उच्च राजनीतिक व्यक्ति भए/नभएको एकीन गर्नुपर्नेछ ।

बिमकका सञ्चालक तथा कार्यकारी प्रमुखको नियुक्ति सम्बन्धी उपयुक्तताको परीक्षण गर्दा निजको आपराधिक पृष्ठभूमिबारे जानकारी लिन प्रहरी प्रतिवेदन अनिवार्य गर्नुपर्ने निर्देशन पनि प्राधिकरणले दिएको छ ।

नयाँ निर्देशनमा बिमकका कर्मचारी तथा बिमा अभिकर्ताका लागि सम्पक्ति शुद्धीकरण तथा आतंकवादी त्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम अभिमुखीकरणको संख्या बढाउनुपर्ने उल्लेख छ ।