पुनर्बीमा बजारमा व्यवसाय बढाउँदै हिमालयन रि, आईपीओ कहिले ?
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले पछिल्लो समय व्यवसाय विस्तारमा जोड दिइरहेको छ । नेपालमा निजी क्षेत्रको लगानीमा स्थापना भएको पहिलो पुनर्बीमा समेत रहेको कम्पनीले व्यवसायको आकार ठुलो बनाउँदैछ । यति बेला कम्पनी आन्तरिक तथा बाह्य बजारमा आफ्नो व्यवसाय फैलाउन जुटिरहेको छ ।
हिमालयन रि इन्स्योरेन्स नेपालमा निजी क्षेत्रको लगानीमा स्थापना भएको पहिलो पुनर्बीमा कम्पनी हो । कम्पनीले यति बेला व्यवसाय विस्तार र सर्वसाधारणलाई सेयर निष्काशनको तयारीमा जुटिरहेको छ । यति बेला स्वदेशमा मात्र नभई बाह्य बजारमा पनि व्यवसाय विस्तारमा जोडदिएको कम्पनीले जनाएको छ । कम्पनीले पुनर्बीमा व्यवसायलाई प्रभावकारी र क्षमतायुक्त बनाउनका लागि जोड दिएको हो । हिमालयन रि इन्स्योरेन्सको आगनसंगै समग्र बीमा बजारको मनोबल बढेको कम्पनीको भनाई छ ।
विश्वव्यापी बजारमा सबैभन्दा बढी रोजाई र छनोटमा पर्ने पुनर्बीमाकर्ता हुने अठोटसहित कम्पनी लागिपरेको छ । पर्याप्त पुनर्बीमा क्षमता, जोखिम न्युनीकरण उत्पादन, अन्तराष्ट्र्रियस्तरको व्यवसायिक सेवा प्रदान र पुनर्बीमा समाधानका लागि निरन्तर प्रतिवद्ध रहने कम्पनीको दीर्घकालिन योजना छ ।
विदेशी बीमा कम्पनीहरू हिमालयन रिसंग अन्तरिक्रया गर्नेक्रम बढी रहेको बताइएको छ । सो अन्तरक्रियाबाट बीमा सम्बन्धी अन्तरराष्ट्रिय अभ्यास बुझ्न र सिक्न सजिलो भएको कम्पनी स्रोतले बतायो । जोखिम व्यवस्थापनमा व्यावसायिक आकार, पुँजी, इक्विटी र अन्तरराष्ट्रिय मान्यताको आधारमा काम गर्दै अघि बढ्ने कम्पनीले जनाएको छ ।
‘पुनर्बीमा पनि स्वभाविक रुपमा जोखिम धारण गर्ने व्यवसाय नै हो । त्यो अवस्थामा व्यवसायको अण्डराइटिङ जोखिम विश्लेषण राम्रोसंग हुन आवश्यक छ । सो सन्दर्भमा हिमालयन रि पनि प्राथमिकतामा राखेर अघि बढेका छौं।’ कम्पनी स्रोतले भन्यो । कम्पनीले जोखिम धारणा क्षमता बलियो बनाउने र राम्रो सुविधा प्रदान गर्दै अन्तराष्ट्रियस्तरमा व्यवसाय विस्तार गर्ने अवधराणासहित अघि बढेको बताइएको छ ।
कम्पनीले सर्वसाधारणलाई ३० प्रतिशत सेयर जारी गर्ने तयारीमा रहेको छ । कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको सेयर निष्काशनका लागि पनि आवश्यक प्रक्रिया अघि बढीरहेको जनाएको छ । कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ ।
कम्पनीलाई अन्तर्राष्ट्रिय पुनर्बीमा बजारमा महत्वका साथ स्थापित गराउन कम्पनी प्रतिबद्ध रहेको छ । कम्पनीले अन्तराष्ट्र्रिय बीमा बजारमा आफ्नो व्यवसायिक उपस्थिति स्थापित गर्नको निम्ति आवश्यक योजनाहरु बनाई अघि बढिरहेको छ ।
कम्पनीलाई आवश्यक दक्ष जनशक्ति तथा अन्य आधारभूत पूर्वाधारहरुको विकास गरी कम्पनीलाई अझै सबल बनाउदै लैजानुका साथै कम्पनीलाई अन्तराष्ट्र्रिय बीमा बजारमा स्थापित गराउन आवश्यक रणनीतिक योजनाहरुसहित अघि बढेको कम्पनीले जनाएको छ ।
यसका साथै स्वदेशी बीमा कम्पनीहरु, व्यवसायिक तथा औधोगिक प्रतिष्ठानहरुमा अप्रत्यासित प्राकृतिक प्रकोपहरुबाट हुन सक्ने आर्थिक जोखिम न्यूनिकरण गरी जनधन र जीविकोपार्जनको रक्षाका निम्ति कम्पनी दीर्घकालिन कार्य योजना बनाई अघि बढिरहेको जनाएको छ ।













