१ कार्तिक २०८३, आइतबार

करिब ३५ करोडको लगानीमा नेशनल लाईफको अत्याधुनिक सुविधा सम्पन्न भवन बन्दै



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगंज सुर्खेत रोडमा करिब ३५ करोडको लगानीमा ७ तल्ले अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवन निर्माण गर्ने भएको छ । यसै क्रममा मंसिर २२ गते विहानको ७ बजेर ३१ मिनेटको शुभ साईतमा कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहबाट जग पुजा सम्पन्न गर्नुहुँदै भवन निर्माणको औपचारिक शिलान्यास गरिएको हो ।

जग पुजा तथा शिलान्यास कार्यक्रममा कम्पनीका अध्यक्ष, संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, कम्पनीका विभिन्न शाखा कार्यालयहरुका कर्मचारीहरु लगायत सो क्षेत्रका वरिष्ठ अभिकर्ताहरु सहित करिब १०० जनाको उपस्थिती रहेको थियो । नेपालगंजस्थित सुर्खेत रोडमा रहेको करिव साँढे चार कट्ठा जमिनमा निर्माण गर्न लागेको उक्त अत्याधुनिक भवन, सुविधा सम्पन्न अण्डरग्राउण्ड पार्किङ सहितको हुनेछ भने भवनको निर्माण सम्पन्न भएपछि सो भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरु समेत सञ्चालन गर्न सकिनेछ ।

आधुनिक प्रविधि सहित नेपालगंजकै नमूना भवनको रुपमा सम्पन्न हुन लागेको हुँदा सो भवन निर्माण पछि नेपालगंज लुम्विनी प्रदेशकै व्यापारिक हव बन्न सहयोग पुग्ने प्रक्षेपण गरिएको छ । ५२ अर्व भन्दा बढि जीवन बीमाकोष रहेको देशकै ठूलो बीमा कम्पनीमध्येको एक नेशनल लाईफ इन्स्योरेन्स ले नियामक निकाय श्री नेपाल बीमा प्राधिकरण संग पूर्व स्वीकृत लिई भवन निर्माण आरम्भ गर्न लागेको हो ।