‘अर्थतन्त्रका सुचकहरु सकरात्मक हुँदैछ, निजी क्षेत्रकै सहकार्यमा देशको समृद्धि सम्भव ‘: अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नीजि क्षेत्र बिना देशको आर्थिक विकास नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३औं वार्षिक साधारण सभा तथा छैठौं महासभालाई सम्वोधन गर्दै यस्तो बताएका हुन् ।
सो अवसरमा अर्थमन्त्री शर्माले सरकारले निजी क्षेत्रलाई आफ्नै महत्वपूर्ण अंग ठानेको बताए । उनले भने,-‘सरकारले नीजी क्षेत्र आर्थिक विकासको महत्वूर्ण अंग ठानेको छ । नीतिगत रुपमा पनि व्यवस्था गरेको । सहकार्य र समन्वय बाट नै देशकको आर्थिक समृद्धि तर्फ लाग्ने हो ।’
केही चुनौतिहरु रहेता पनि नेपाली अर्थतन्त्रका सुचकहरु सकरात्मक हुँदै आएको बताए । त्यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
अर्थतन्त्रलाई गुणात्मक रुपमा अघि बढाउन आवश्यक छ । उनले भने,-‘आयात मुख अर्थतन्त्रलाई उत्पादन मुखी बनाउनु पर्ने, जसका लागि उपलब्ध स्रोत साधनको उचित प्रयोगमा जोडदिनुपर्छ । उनले भने, अर्थतन्त्रलाई नीतिगत रुपमा समस्या छैन, अब कार्यन्व्यन गर्न आवश्यक छ । कार्यन्वयन गरे नेपालको अर्थतन्त्र बलियो हुन्छ ।’
उनले जलविद्युत, पर्यटन, आईटी क्षेत्रलाई प्राथमिकता दिएर विदेशी लगानी भित्र्याउने वातावरण बनाई आर्थिक समृद्धि हुने बताए ।













