११ श्रावण २०८३, सोमबार

‘आम्दानीको पछि लागेर बीमा कम्पनीहरू चल्न कठिन हुन्छ’



बीमा क्षेत्रले देशका गाउँगाउँमा छरिएर रहेको पुँजीलाई एक ठाउँमा ल्याउने काम गरिरहेको छ । गाउँगाउँमा विभिन्न स्रोतबाट आर्जन हुने रकमलाई बीमा एउटै डालोमा जम्मा पार्न सघाउँदै आएको छ । त्यसरी एउटै डालोमा आएको पैसा भनेको कम्पनीहरूद्वारा बीमाशुल्क वापत संकलन भएको रकम हो । त्यस्तो अधिकांश रकम कम्पनीहरूले बैंकको मुद्धती निक्षेपमा राखिरहेको अवस्था छ। कम्पनीहरूलाई बीमा समितिले लगानी विविधीकरण गरेर विभिन्न क्षेत्रमा लगानी गर्न निर्देशन दिएको छ । अहिले बीमा कम्पनीहरूले ८० प्रतिशत रकम मुद्दती निक्षेपमा नै राख्ने गरेका छन । अझै केलाएर हेर्ने हो भने ८० प्रतिशत भन्दा धेरै लगानी मुद्दती निक्षेप छ ।

बीमा समितिले बीमा कम्पनीहरूलाई लगानीको उपयुक्त बाटो (कन्सोर्टियम) तयार गर्न निर्देशन समेत दिएको छ। त्यस्तो गरेमा कम्पनीहरूले स्वास्थ, शिक्षा, उत्पादनमूलक लगायतका क्षेत्रमा पैसा लगानी गर्न पाउँछन् । अहिले सरकारले पनि उत्पादनमूलक क्षेत्रको विकास लागि केही काम गरेको छ । यसपालीको बजेटमा उत्पादनमुलक क्षेत्रमा बीमाले जोड दिने भन्ने सन्दर्भ आएको छ । बीमा कम्पनीहरुले कुनै पनि उत्पादनमुलक क्षेत्रमा लगानी चाहेमा त्यसलाई बीमा प्राधिकरणको स्वीकृति प्रदान गर्छ । बीमा कम्पनीहरुले गर्ने लगानीको विषयलाई थप स्पष्ट गर्न पनि गृहकार्य भईरहेको र केही समयमै लगानी सम्वन्धी निर्देशन गर्ने तयारी समेत भएको छ । बैंकले राष्ट्र बैंकलाई योगदान गरेको छ भन्ने कुरा सँधै भनिन्छ, तर बीमा जोडिएको विषय गौण हुन पुग्छ । बीमा क्षेत्र बैंकमा थुप्रै रकम राखेको हुन्छ, यो कुरा बुझ्न जरुरी छ ।

हामीले बीमा कम्पनीहरूलाई बारम्वार भनेका छौ– ठूलाठूला जलविद्युत् आयोजनामा लगानी गर्नुु । जीवन बीमा कम्पनीको पैसा दीर्घकालको लगानी हो भन्ने कुरा हामीले कहिल्यै बिर्सनु हुँदैन । आज लिएको पैसा जीवन बीमा कम्पनीले २० वर्षपछि दोब्बर बनाएर दिन्छ र बीमितलाई बोनस समेत दिने गर्छ । जीवन बीमाको रकम लगानी गर्दा धेरै विचार गर्नुपर्ने हुन्छ। निर्जीवन बीमा कम्पनीको हकमा त्यति धेरै समस्या देखिदैन निर्जीवन बीमा एक वर्षे अवधिको लागि गरिन्छ र उक्त अवधि सकिंदा बीमितले क्षति भएमा बीमांक पाउँछन्। क्षति भर्र्नु नपरेको पैसा मात्र लगानी गर्ने हो। यता जीवन बीमामा भने लगानी गर्ने पर्ने हुन्छ। जीवन बीमामा लगानीको आकर्षण राम्रो छ।. बीमा कम्पनीहरू उत्साहित नै छन् । तर हामीले खोजेको चाहिँ राम्रो प्रतिफल हो ।

बीमा कम्पनीहरूले संकलन गरेको पुँजी ठूलो हुन्छ । यसलाई अब कम्पनीहरूले विविध क्षेत्रमा लगानी गर्न आवश्यक छ । हाम्रो मुख्य ध्येय भनेकी एकै ठाउँमा लगानी गर्नुहुन्न भन्ने हो। बीमा कम्पनीहरूले आफले संकलन गरेको पैसालाई धेरैतिर लगानीको रुपमा छर्न सक्नुपर्छ । अनि मात्र त्यसबाट राम्रो प्रतिफल आउँछ । बीमा कम्पनीहरूले बैंकमा मात्रै पैसा राख्दा केही गरी बैंक नै जोखिममा पर्ने अवस्था सिर्जना भयो भने भोलि बीमितलाई बोनस दिन समस्या पर्न सक्छ । हामीले बीमितलाई दिने बोनसमा पनि कुनै समस्या नपरोस् भनेर लगानीलाई विविधीकरण गर्नु भनेका हौं ।

बीमा गर्दा गरिबी कम हुन्छ

गरिबलाई थप गरिब हुन नदिने पहिलो माध्यम नै बीमा हो । बीमा सुख–दुःखको साथी हो। बीमा गर्दा केही बीमाशुल्क बुझाउने हो, तर जोखिम पर्दा ठूलो सम्पत्तिको रक्षा हुन्छ । यसले पनि ठूलो गरिबी रोक्छ । सरकारले पनि बीमामा पनि अझै अनुदान दिनु जरुरी छ । त्यस्तो सहयोगले गरिबले आफ्नो आर्थिकस्तर उकास्ने मौका पाउँछन् । घर बनाउन नसक्नेले घर बनाउन पाउँछन् ।बीमामा रोजगारीको अवसर पछिल्लो समय धेरै बढेको छ । बीमाको पहुँच ४२ प्रतिशत जनताबीच पुगेको छ । अभिकर्ता, सर्भेयरका रूपमा पनि धेरैजनाले रोजगारी पाएका छन् । यसरी बीमाले ठूलो रोजगारीको अवसर र जोखिम पनि बहन गरेको छ ।

लगानी विविधीकरण आवश्यक

बीमा कम्पनीका लागि लगानी विविधीकरण उत्तम उपाय हो । तर लगानी सुरक्षित ठाउँमा गरिनुपर्छ । अहिले बीमा कम्पनीहरूको गुनासो नै लगानी गर्न मन भए पनि सुरक्षित ठाउँको अभाव हुनु हो । सुरक्षित क्षेत्रमा लगानी गर्न बीमा कम्पनीहरूलाई गाह्रो परिरहेको छ । लामो समयपछि प्रतिफल दिने ठाउँमा बीमा कम्पनीले लगानी गर्दा राम्रो हुन्छ। हामीले बीमा कम्पनीलाई होटल खोल्न पनि मार्गप्रशस्त गरिदिएका छौं । हामीले अब निर्देशिका ल्याउँदा केही ठाउँ खुल्ला राखेर नै लगानी गर्न निर्देशन दिन्छौ । बीमा कम्पनीहरूले डराएर मात्रै भएन । उनीहरूले अर्को कम्पनी बनाएर त्यसको विज्ञताको आधारमा आफ्नो पैसा लगाउनुपर्यो । ठूला संस्थाको संस्थापक भएर पनि बीमा कम्पनीले लगानी गर्न सक्छ ।

लगानीका निम्ति निर्जीवन बीमा कम्पनीसँग ठूलो पुँजी हुँदैन। तर जीवन बीमा कम्पनीले भने यसवारे सोच्नैपर्छ । जीवन बीमा कम्पनीले यहाँ मात्र होइन बाहिरका देशमा पनि आफ्नो लगानी विविध क्षेत्रमा गर्दै आएका छन् । अहिलेसम्म बीमा कम्पनीहरूले आफ्नो लगानीकै प्रतिफललाई मुख्य आम्दानी बनाएका छन् । अब त्यस्तो आम्दानी बढाउनुपर्ने बेला भएको छ । सधै पहिले जे थियो त्यही आम्दानीको पछि लागेर बीमा कम्पनीहरू चल्न कठिन हुन्छ । फराकिलो हिसाबले अघि बढ्ने मौका खोज्नुपर्छ । कम्पनीले आफूले पनि कमाउने र बीमितको लगानी सुरक्षित गर्ने काम गर्नुपर्छ ।

अर्थतन्त्रमा बीमाको योगदान

गरिबीको रेखामुनि रहेका जनतालाई बीमाले सघाउदै आएको छ । बीमाकै कारण देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्दै आएको छ । बीमा कम्पनीहरूको चुक्ता पुँजी बढाइएको छ, उनीहरूले वार्षिक रुपमा देशको ठूलो पुँजीलाई चलायमान बनाउन मद्दत पुयाएका छन्। सरकारले आर्थिक अवस्था कमजोर भएका नागरिकको बीमा गर्न सघाउनुपर्छ । बीमाशुल्क तिर्न सक्ने र नसक्ने दुवै वर्गका नागरिकलाई बीमा अपरिहार्य भइसकेको छ । बीमाले सुरक्षा दिन्छ भन्ने कुरा नागरिकले बुझ्न जरुरी छ । बीमा कम्पनीले पनि दावी भुक्तानीमा ढिलाइ गर्नु हुँदैन । एउटा मोटर साइकल हरायो भने अर्को मोटरसाइकल तुरुन्तै किन्न बीमाले पैसा दिन्छ, दिनुपर्छ ।

लघु बीमा गरिबको पनि बीमा हो

लघु बीमा ससाना बीमालाई लक्षित गरेर ल्याइएको हुन्छ । लघु बीमामा जीवन बीमा र निर्जीवन दुवै समावेश हुन्छ । यसले गरिबीको रेखामुनि रहेका नागरिकलाई सघाउँछ । त्यसका लागि सरकारले आर्थिक अवस्था कमजोर भएका नागरिकको सुरक्षा गर्ने अवधारणमा सहयोग गर्नुपर्छ दैवी तथा प्राकृतिक विपत्तिमा सरकारले राहत दिने भन्दा पनि बीमा कम्पनीले दिने सहयोग नै वास्तवमा ठूलो कुरा हुन सक्छ । एउटा व्यक्तिले नै परिवार पाल्ने हाम्रो नेपाली समाजमा बीमा झनै आवश्यक छ । भैसी मर्यो भने भने टाउकोमा हात लाएर रुन आवश्यक छैन । बीमाले सघाउँछ किनकि दूध बेचेरै पनि भैंसीको बीमा गर्न सम्भव छ । प्राविधिकले सबै कुरा हेरेर बीमा गर्न सघाउँछन् । अभिकर्ताको ठूलो योगदान हुने क्षेत्र हा, बीमा । बीमा कम्पनीले अभिकर्तालाई कहीँकतै राम्रो शिक्षा दिन सकेनन् होला, त्यो हामीले स्वीकार्नुपर्छ । अब एक घर एक परिवार बीमा गर्ने बजेटको अवधारणाअनुसार काम गर्न आवश्यक छ । आफ्नो सम्पत्तिको बीमा र आफ्नो जीवनको बीमा गरेर हरेक नागरिक ढुक्क भएर हिँड्न सक्ने अवस्था छ । यस्तो अवस्था बीमाले नै निर्माण गरेको हो । सबैभन्दा पहिला बीमा कम्पनी र बीमित मिलेर दावी भुक्तानीको समस्या समाधान गुर्नपर्छ । त्यसबाट समस्या समाधान भएन भने बीमा क्षेत्रको पहिलो अदालत बीमा प्राधिकरणमा आउनुपर्छ । हामीकहाँ आएपछि धेरै बीमितको समस्या समाधान हुन्छ । बीमा भनेको आजलाई मात्र नभई भोलिको लागि गरिएको बचत हो । बीमासँग बचत र रक्षावरण दुवै जोडिने भएकाले यसको ठूलो महत्व छ । हामीले संसारमा खोज्ने हो भने बीमा मात्र एउटा यस्तो साथी हो जसले सांच्चै आपद् पर्दा साथ दिन्छ ।

बीमाको महत्व नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत बढ्दो छ । दैनिक बढिरहेका जोखिमबाट बीमाले नै जोगाउन सक्छ । अहिले जोखिम नभएको ठाउँ हामीले कल्पना गर्न मुस्किल छ । जोखिम भएको ठाउँमा काम गर्न मानिसलाई सधैं डर हुन्छ अझ भनौ, जोखिमकै कारण मानिसलाई बाँच्न समेत समस्या पर्ने गर्छ र जनजीवन कष्टकर बन्न पुग्छ । यसरी जोखिम बढिरहेको अवस्थामा सबैलाई सुरक्षाको ठूलो खाँचो पर्छ । सुरक्षा दिने एउटा विश्वासिलो अस्त्र भनेको बीमा नै हो । बीमाको इतिहासलाई पल्टाएर हेर्ने हो भने, यसको थालनी गुठी, सामूहिक कार्य, आर्थिक सहयोगबाटै भएको देखिन्छ । जुनसुकै बीमाको काम भनेको व्यक्तिलाई आर्थिक सहायता दिने नै हो । नियमनकारी निकाय बीमा प्राधिकरणको कुरा गर्ने हो भने, अहिलेको बीमा प्राधिकरण पहिलेको भन्दा भिन्न छ । यसको मतलब बीमा प्राधिकरणले काम गर्ने तरिका फेरिएको छ। पहिले प्रविधिको पहुँच नै कम थियो, अहिले बढेको छ ।

त्यस्तै, बीमाको पहुँच पनि प्रविधिको यह संगै तुलना गरेर हेर्न सक्छौं । प्रविधिको पहुँच बढेकले पनि विद्युतीय बीमाको अवधारणा अहिलेको समयको माग बनेको छ । प्रविधि दैनिक नयाँनयाँ मोडलबाट अघि बढिरहेको छ भने बीमा क्षेत्र पनि प्रविधिसँग अभ्यस्त हुन थालेको छ । सानो देश भएर पनि नेपालको बीमाको अवस्था अन्य देशको तुलनामा राम्रो छ । बीमाको विकासका कुरा गर्दा विकसित सहरलाई नै उदाहरण मान्न सक्छौं । आजको गाउँ भोलि सहर बन्छ, हामीले यही कुरा मनन गर्दै बीमाको पहुँच बढाउँदै लैजानुपर्छ बीमा समितिले सधै बीमा क्षेत्रको विकासका लागि काम गर्दै आएको छ । हामी आफैं नियमनकारी निकाय भएकाले बीमा कम्पनीहरूले ल्याएका नयाँनयाँ योजनालाई बजार सुहाउँदो बनाएर बिक्री–वितरण गर्न प्रोत्साहन गरिरहेका छौं ।

बीमा प्राधिकरणको मुख्य भूमिका भनेको सहजीकरण गर्ने हो । त्यसपछि कम्पनीहरूलाई पत्र काट्ने तथा निर्देशन दिने हो । हामीले दिएको निर्देशन भन्दा बाहिर कम्पनीहरू गएमा मात्रै हामीले कारवाहीको प्रक्रिया अघि बढाउने हो। यसरी हेर्दा बीमा कम्पनीहरू सुधिनुपर्छ भन्ने नै नियमनकारी निकायको हिसावले हामीले सोच्ने कुरा हो। यो नेपालमा मात्रै नभएर संसारका सबै नियमनकारी निकायले सोच्ने कुरा हो। नियामकले अभिभावकको भूमिका निर्वाह गर्नुपर्छ भन्ने हामीले बुझेका बीमा कम्पनीले बजार उंदीर आवश्यकता अनुसारको प्रतिस्पर्धा गर्नुपर्छ । सरकारले पति बीमा क्षेत्रको महत्व बुझेर जनतालाई बीमाको अपरिहार्यताबारे चेतना जगाउनुपर्छ।

पछिल्लो समय बजेटमा बीमा क्षेत्र समेटिएको हेर्दा विगतको भन्दा अहिले सरकारले बीमालाई हेर्ने नजर नै फरक बनेको देखिन्छ । सरकारले स्थानीय तहबाटै बीमाबारे चेतना जगाउन र बीमाको पहुँच बहुदा रक्षावरण समेत धेरै जनताको हुने कुरा बुकेको छ। आगामी दिनमा बीमाको पहुँच थप बढ्दै जानेछ । बीमा क्षेत्रलाई थप फराकिलो बनाउन सबैको साथ र सहयोग अपरिहार्य छ ।