राष्ट्र बैंकले भन्यो विद्युतीय माध्यमबाट जुवा खेल्ने र सट्टेबाजी गर्नेको बैंक खाता रोक्का गर्छौ
काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन बैकिङ, मोबाइल बैकिङ, डिजिटल वालेट जस्ता विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा तथा बाजिजन्य गैर कानुी कार्य नगर्ने आग्रह गरेको छ ।
राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै उक्त कार्यमा संलग्न नहुन सर्वसाधारणलाई अनुुरोध गरेको हो । यस्ता कार्यमा संलग्न हुनेको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबार रोक्का हुने राष्ट्र बैकले चेतावनी दिएको छ ।
साथै, कसैले विद्युतीय भुक्तानीका माध्यमबाट जुवा तथा बाजीजन्य कार्य गरेको थाहा पाए ०१४४४३८७८ मा बोलन गर्ने बैंकले अनुरोध गरेको हो ।














