सूर्या र ज्योति लाइफको एकीकृत कारोबारका लागि जुर्यो मिति, कहिलेदेखि गर्दैछन् सुरु ?
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबारका लागि मिति तय गरेका छन् ।एक आपसमा मर्जर सम्झौता गरेका यी दुवै कम्पनीले आउँदो पुस ११ गतेदेखि संयुक्त रुपमा कारोबार थालनी गर्ने भएका हुन् ।
नियामक निकाय नेपाल बीमा प्राधिकरणले यी दुवै कम्पनीलाई एर्कीकत कारोबार गर्नका लागि अन्तिम स्वीकृति दिएको हो । कम्पनीले सूर्या ज्योति लायफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार थालनी गर्नेछन् । यो नै नेपालको इतिहासँमा पहिलो एकीकृत कारोबार गर्ने जीबन बीमा कम्पनी हुनेछ ।
नयाँ कम्पनी बनेसंगै अध्यक्षमा सूर्या लाइफको केशव प्रसाद भट्टराई, प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाइफबाट प्रकाश विक्रम खत्री बन्नेछन् । नयाँ बन्ने कम्पनीको संचालकमा सूर्या लाइफबाट ३ र ज्योति लाइफबाट ३ जना बन्ने बताइएको छ ।
मर्जरपछि कम्पनीको चुक्ता पुँजी चार अर्ब करोड हुनेछ । कम्पनीले हकप्रद वा बोनस शेयर जारी गरी पाँच अर्ब चुक्ता पुँजि पुर्याउनेछ । हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ भने ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ । कम्पनीले अब हकप्रद सेयर तथा बोनस सेयर जारी गरि चुक्ता पुँजी ५ अर्ब पुर्याउने छ ।
तत्कालीन बीमा समिति हालको नेपाल बीमा प्राधिकरणले गत चैत १० गते बीमा कम्पनीहरुको चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरेको थियो । समितिले जीवन बीमा कम्पनीको ५ अर्ब र निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब तोकेको छ । सोही अनुसार नै सूर्या लाईफ र ज्योति लाईफले मर्जरमा जाने सहमति गरेका थिए ।
विशाल ग्रुपको मुख्य लगानी रहेको यी दुई कम्पनीले एक आपसमा मर्जरमा जानका लागि गत गते सहमति गरेका थिए । विशाल ग्रुपको सूर्या लाइफमा करि २५ प्रतिशत र ज्योति लाइफमा १० प्रतिशत लगानी गरेको छ । यी दुवै कम्पनी क्रस होल्डिङ्गको आधारमा मर्ज भएका हुन् ।













