बाराही हाइड्रोपावरको आइपीओ आज बाँडफाँट हुदैं, ५१ हजार आवेदक मख्ख
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आइपीओ आज (पुष ३ गते) बाँडफाँट गदैंछ । कम्पनीको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आज अहिले बिहान १० बजे आफ्नै कार्यालय लाजिम्पाट, काठमाडौंमा तयारी गरेको हो ।
आइपीओ प्रि ओलोटमेन्ट भने शुक्रबार विहान सम्पन्न भएको छ । कम्पनले आइपीओमा १२ लाख १६ हजार १५३ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका छन् । माग भन्दा २६।९२ गुणाबढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आइपीओ बाँडफाँड हुने छ ।
सर्वसाधाणलाई छुट्याइएको ५ लाख १५ हजार २२० कित्ता सेयरका आधारमा ५१ हजार ५२२ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले मात्र आइपीओ हात पार्नेछन् । बाँकी ११ लाख ६४ हजार ६३१ जनाको हात रित्तो हुने छ ।
कम्पनीले मंसिर २१ गतेदेखि २६ गतेसम्म सर्बसाधारणलाई आइपीओ निष्काशन गरेको हो । कम्पनीले स्थानीयलाई आईपिओ निष्काशन गर्दा बिक्रि नभएको १ लाख ४ हजार कित्ता, र सर्बसाधारणलाई छुट्याईएको ४ लाख ५० हजार कित्ता गरि कुल ५ लाख ५४ हजार कित्ता सर्वसाधारणमा निष्काशन गरेको हो ।
जसमध्ये २७ हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागे छुट्याईएको थियो भने ११ हजार ८० कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको ५ लाख १५ हजार २ सय २० कित्ता शेयरको लागि सर्बसाधारणले आवेदन दिएका हुन्।













