११ श्रावण २०८३, सोमबार

सगरमाथा इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस १२.५० प्रतिशत दिदाँ नगद कति ?



काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८।०७९को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभां घोषणा गरेको छ ।

कम्पनीको पुष ५ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १२.५० प्रतिशत बोनस र ०३.१७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामि साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।