मर्जर प्रक्रियामा रहेका बीमा कम्पनीः कुनको म्यानेजमेन्ट टिम कस्तो ? यस्तो छ एकीकृत कारोबारको संकेत
काठमाडौं । हाल एक दर्जन बीमा कम्पनीहरु मर्जर प्रक्रियामा रहेका छन् । मर्जरमा जानका १३ वटा बीमा कम्पनीहरुले नियामक निकायम नेपाल बीमा प्राधिकरणबाट सैद्धान्तिक सहमति समेत पाईसकेका छन् ।
हाल ७ वटा जीवन बीमा र ६ वटा निर्जीबन बीमा कम्पनी गरि कुल १३ वटा बीमा कम्पनीहरुले एक आपसमा जानका लागि मर्जर सम्झौता गरेका हुन् । यीमध्ये केही कम्पनीहरुले एकीकृत कारोबार थालेका छन् भने अधिकांशको बाँकी नै छ । कम्पनीहरुले सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) लगायतका कार्यहरु भईरहेको र केही काम अन्तिम चरण पुगेको भन्दै यसअघि तोकिएको एकीकृत कारोबारको मिति सार्दे आएका छन् ।
हाल मर्जरमा जान जीबन बीमा तर्फ प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स, महालक्ष्मी लाइफ र प्रभु लाइफ, रिलायन्स लाइफ र सानिमा लाइफले सैद्धान्तिक सहमति पाएका छन् । यस्तै, निर्जीवन तर्फ सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल, प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जरमा जान लागेका हुन् ।
बीमा प्राधिकरण गत चैत १० गते बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि निर्णय गरेको थियो । प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको २ दुई ५० करोड रुपैयाँ तोकेको थियो । सोही बमोजिम नै बीमा कम्पनीहरुले एक आपसमा मर्जरमा जाने सहमति गरेका थिए ।
संचालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये ९ वटा कम्पनी मर्जरमा जानका लागि सहमति गरेका थिए । मर्जर सम्झौता गरेकामध्ये दुई जीवन बीमा कम्पनीले भने एकीकृत कारोबार समेत थालनी गरिसकेका छन् । सूर्या लाइफ र ज्योति लाइफले गत पुस ७ गतेदेखि सूर्य ज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् । आज हामीले मर्जर सम्झौता गरेका बीमा कम्पनीहरुको चुक्ता पुँजी, व्यवस्थापन टिम र एकीकृत कारोबार सम्वन्धी जानकारी गराएका छौं ।
सूर्या र ज्योति लाइफ
सूर्य लाइफ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्जरमा जानका लागि गत असार ३० गते सम्झोता गरेका थिए । यी दुवै कम्पनीलाई मर्जरमा जानका लागि बीमा प्राधिकरणले गत असार १३ गते नै सैद्धान्तिक सहमति प्रदान गरेको थियो । मर्जपछि यी दुवै कम्पनीले पुस ७ गतेदेखि सूर्य ज्योति लाइफको नामबाट संयुक्त कारोबार सुरु गरेका छन् । यो नै नेपालको इतिहासँमा पहिलो एकीकृत कारोबार गर्ने जीबन बीमा कम्पनी हो ।
नयाँ कम्पनी बनेसंगै अध्यक्षमा सूर्या लाइफको केशव प्रसाद भट्टराई, प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाइफबाट प्रकाश विक्रम खत्री बन्नेछन् । कम्पनीको सूर्या लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुने छन् ।
नयाँ बन्ने कम्पनीको संचालकमा सूर्या लाइफबाट ३ र ज्योति लाइफबाट ३ जना बन्ने बताइएको छ । मर्जरपछि कम्पनीको चुक्ता पुँजी चार अर्ब करोड हुनेछ । कम्पनीले हकप्रद वा बोनस शेयर जारी गरी पाँच अर्ब चुक्ता पुँजि पुर्याउनेछ । कम्पनीले अब हकप्रद सेयर तथा बोनस सेयर जारी गरि चुक्ता पुँजी ५ अर्ब पुर्याउने छ ।
प्राइम, गुराँस र युनियन लाइफ
प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्जरमा जानका लागि गत गते सम्झौता गरेका छन् । यी तीनै वटा कम्पनीले गत वैशाख २९ गते मर्जर सम्झौता गरेका हुन् । मर्जरमा जानका लागि यी तीन वटा कम्पनीहरुले मर्जरका लागि बीमा प्राधिकरणबाट गत जेठ ३ गते सैद्धान्तिक सहमति पाएका थिए ।
मर्जपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ७ अर्ब बढी हुनेछ । हाल प्राइम लाइफको २ अर्ब ७७ करोड, गुराँस लाइफको २ अर्ब ८ करोड र युनियन लाइफको दुई अर्ब १५ करोड रहेको छ । हाल यी कम्पनीले एकीकृत कारोबार लागि मिति तय गरेका छैन् । मर्जपछि बन्ने कम्पनीको नाम, अध्यक्ष प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायतको पनि टुंगो नलागेको बुझिएको छ ।
प्रभु र महालक्ष्मी लाइफ
प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले असार २७ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । यी कम्पनीले एक बराबर एकको अनुपातमा गाभिन लागेका हुन् ।
मर्जर पछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ । कम्पनीको पुँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ । मर्जरको लागि गत साउन १ गते समितिबाट मर्जरको लागि प्राधिकरणबाट सैद्धान्तिक सहमति पाएका हुन् । कम्पनीहरूले आगामी पुसदेखि मात्रै एकीकृत कारोबार सुरु गर्ने भनेता पनि अहिलेसम्म कुनै सुरसार देखिएको छैन ।
मर्जरपछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स हुनेछ । मर्जपछि बन्ने कम्पनीमा अध्यक्ष प्रभु लाइफका सुभाव अमात्य रहेन छन् भने सीईओमा महालक्ष्मी लाइफका सीईओ रमेश कुमार भट्टराई बन्ने भएका छन् ।
रिलायन्स र सानिमा लाइफ
रिलायन्स र सानिमा लाइफ कम्पनीले मर्जरमा जानका लागि गत असार २९ गते सम्झौता गरेका थिए । स्वाप रेसियो १ बराबर १ को अनुपातमा मर्ज हुन लागेका हुन् । कम्पनीले बीमा प्राधिकरणबाट गत असार २९ गते पहिलो पटक सैद्धान्तिक सहमति पाएका थिए । यी कम्पनीले पुस २९ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने जानकारी गराएका छन् । हाल सानिमाको चुक्ता पूँजी २ अर्ब ८ करोड रुपैयाँ छ भने रिलायन्सको २ अर्ब १० करोड रुपैयाँ रहेको छ । मर्जपछि यी दुवै कम्पनीको चचुक्ता पूँजी ४ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले नयाँ बन्ने व्यवस्थापन टिमको पनि टुंगो लगाउने छ ।
सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स
सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्जरमा जानका लागि मर्जर सम्झौता गरेका छन् । यी दुवै कम्पनीले मर्जरमा जानका लागि गत असार २७ गते सम्झौता गरेका थिए ।
यी कम्पनीहरुले बराबरी हैसियतमा गाभ्ने/गाभिने निर्णय गरेका थिए । बीमा प्राधिकरणबाट गत साउन २८ गते सैद्धान्तिक सहमति पाएका थिए । कम्पनीहरूले आगामी माघ महिनाभित्र एकीकृत कारोबार सुरु गर्ने सिद्धार्थ इन्स्योरेन्सको उच्च स्रोतले बतायो । डिडीए लगायतको कामहरु अन्तिम चरण रहेकाले माघ दोस्रो साताभित्र एकीकृत कारोबार सुरु गर्ने बताइएको छ । नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ बढी हुनेछ । हाल सिद्धार्थको चुक्ता पुँजी १ अर्ब २८ करोड र प्रिमियरको १ अर्ब २२ करोड रुपैयाँ बढी छ । नयाँ बन्ने कम्पनीको व्यवस्थापन टिम पनि टुंगो लगाउनेछ ।
सगरमाथा र लुम्बिनी जनरल
सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरलले असार २९ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्तार गरेका थिए । दुबै कम्पनीले १०० बराबरका ८० को अनुपातमा मर्जरमा जान सहमति जनाएका थिए ।
मर्ज भएपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ३८ करोड रुपैयाँ पुग्ने छ । हाल सगरमाथा इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ३३ करोड र लुम्बिनी जनरल इन्स्योरेन्सको १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।
यी दुवै कम्पनीको एकीकृत कारोबार भने माघ देखि नै सुरु गर्नेगरि तयार भएको लुम्बिनी जनरल इन्स्योरेन्स स्रोतले जानकारी दिएको छ । एकीकृत कारोबारका लागि सबै प्रक्रिया पुरा गर्ने चरण रहेको बताइएको छ । यसका साथै नयाँ बन्ने कम्पनीको व्यवस्थापन टिमको पनि टुंगो लगाउने बताइएको छ ।
प्रभु र अजोड इन्स्योरेन्स
प्रभु र अजोड इन्स्योरेन्स कम्पनी मर्जरमा जानका लागि गत असार ३२ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
यी दुवै कम्पनीबीच १००ः७० को सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा जाने सहमति भएको थिए ।
मर्जरपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी २ अर्ब ८ करोड रुपैयाँ पुग्ने छ । हाल प्रभुको चुक्ता पुँजी एक अर्ब २८ करोड ९७ लाख रुपैयाँ र अजोडको एक अर्ब रुपैयाँ छ ।
यी दुवै कम्पनीले पनि एकीकृत कारोबारका लागि मिति तय गरेका छैनन् । यी दुवै कम्पनीले गत साउन १ गते मर्जरको लागि प्राधिकरणबाट सैद्धान्तिक सहमति पाएका थिए । तर, कम्पनीहरूले आगामी फागुनदेखि मात्रै एकीकृत कारोबार गर्ने बताउँदै आएका छन् ।













