११ श्रावण २०८३, सोमबार

सूर्यज्योति लाइफ इन्स्योरेन्सको संचालक समिति अध्यक्षमा केशव प्रसाद भट्टराई नियूक्त



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले संचालक समितिको अध्यक्षमा केशव प्रसाद भट्टराई नियूक्त गरेको छ । पुष ९ गते बसेको संचालक समितिको ३३३औं बैठकले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. को संचालक समितिका अध्यक्ष भट्टराईलाई कम्पनीको अध्यक्ष पदमा चयन गर्ने सर्वसम्मत निर्णय भई गरेको हो । सोही दिन नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण भएको हो ।

सोही दिन अपरान्ह बसेको संचालक समितिको ३३४ औं बैठकमा अध्यक्ष भट्टराईद्वारा संचालकहरु नन्द किशोर शर्मा, हेमन्त नाहटा, विवेक झा, जयन्त कुमार अग्रवाल एवं प्रिया तायललाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो । कम्पनीको संचालक समितिको सल्लाहकारमा आकाश गोल्छा नियूक्त हुनुको भएको छ ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा दुबै कम्पनी बिच कात्तिक ४ गते अन्तिम सम्झौता भई दुबै कम्पनीको मिति कात्तिक २८ गते सम्पन्न बार्षिक साधारण सभाबाट सो सम्बन्धमा विशेष प्रस्ताव पारित भए पश्चात् नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड लगायत कम्पनी रजिष्ट्रारको कार्यालयबाट ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि. लाई सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लि. मा गाभ्न स्विकृति प्राप्त भए बमोजिम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा मिति मंसिर २७ गते मा कम्पनी दर्ता प्रमाण पत्र तथा नेपाल बीमा प्राधिकरणबाट एकिकृत कारोवार गर्ने स्विकृति प्राप्त भए पश्चात्पुष ७ गते गते देखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकिकृत कारोवार संचालन भएको छ ।