धमाधम लाभांश घोषणा गर्दै निर्जीवन बीमा कम्पनी, हालसम्म कतिले बनाए सेयरधनीलाई मख्ख ?
काठमाडौं । लाभांश सिजन चलिरहेको छ । यति बेला विभिन्न बैंक तथा वित्तीय कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् ।
हाल निर्जीवन बीमा तर्फ करिव एक दर्जन कम्पनीहरुले आफ्ना सेयरधनीलाई लाभांश वितरणको घोषणा गरेका हुन् । गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हालसम्म ९ वटा निर्जीवन बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका हुन् ।
गत आवको मुनाफबाट सगरमाथा इन्स्योरेन्स, शिखर, प्रिमियर, सिद्धार्थ, युनाइटेड, नेको इन्स्योरेन्स, आइएमई जनरल, एनएलजी र नेपाल इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेका हुन् । यीमध्ये सबैभन्दा धेरै लाभांश शिखर इन्स्योरेन्स वितरण गर्ने भएको छ भने कम नेको इन्स्योरेन्सको देखिएको छ ।
सगरमाथा इन्स्योरेन्स
सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई १३.१५७९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५७९ नगद लाभांश दिने भएको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण हुनेछ ।
शिखर इन्स्योरेन्स
शिखर इन्स्योरेन्सले १६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.८४२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।
प्रिमियर इन्स्योरेन्स
प्रिमियर इन्स्योरेन्सले पनि आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । कम्पनीको यो लाभांश बीमा प्राधिकरणले संशोधन गरेपछिको हो । यसअघि कम्पनीले ५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।
सिद्धार्थ इन्स्योरेन्स
सिद्धार्थ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ९.४७३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आवको मुनाफाबाट ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।
युनाइटेड इन्स्योरेन्स
युनाईटेड इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । जसमध्ये कम्पनीले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।
नेको इन्स्योरेन्स
नेको इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।
आइएमई जनरल इन्स्योरेन्स
आइएमई जनरल इन्स्योरेन्स पनि गत आवको मुनाफबाट लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई ६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।
एनएलजी इन्स्योरेन्स
एनएलजी इन्स्योरेन्स कम्पनीले १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।
नेपाल इन्स्योरेन्स
नेपाल इन्स्योरेन्सले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले सेयरधनीलाई ८.४२११ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीले ८ प्रतिशत बोनस शेयर र ०.४२११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।
अजोड इन्स्योरेन्स
अजोड इन्स्योरेन्सले भने गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीका सेयरधनीको हात रित्तो हुने भएको छ ।
कम्पनीले लाभांश विनै पुस ३० गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्ने सामान्य प्रस्तावहरु मात्रै पारित गर्ने तयारी गरेको छ ।













