२० श्रावण २०८३, बुधबार

लम्बियो बैंकहरुले वाणिज्य बैंकको ८०% रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था, अब कहिलेसम्म पाउछन् ?



काठमाडौं । अब बैंकहरुले स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने भएका छन् ।

पुस ८ गतेको अर्थ मन्त्रीस्तरीय निर्णय गर्दै बैंकहरुले असार मसान्तसम्ममा स्थानीय तहको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था भएको हो ।

गत साउन २ गते सो बापतको रकम आयात र व्यापारिक क्षेत्रमा लगानी नगरि उत्पादनशील क्षेत्रमा मात्र परिचालन गर्न पाउने र व्यवस्था गरेको थियो । जसका लागि पुस मसान्तसम्म वाणिज्य बैंकहरुले निक्षेपका रुपमा गणना गर्ने पाउने व्यवस्था भएका थिए । अब यसलाई आगामी २०८० असार मसान्तसम्म्का लागि निरन्तरता दिएको बताइएको छ ।

स्थानीय तहहरुले बाणिज्य बैंकहरुमा राखेको रकमको ८० प्रतिशत हिस्सा निक्षेपमा गणना गर्न पाउने छन् । यसले बैंकहरुलाई लगानी योग्य पुँजी अभावको समस्या समाधान गर्न सहयोग गर्नेछ ।