तेस्रो पटक अर्थमन्त्री बने पौडेल, आउला त अर्थमन्त्रमा सुधार ?
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बनेका छन् । नयाँ बनेको सरकारले सोमबार गरेको मन्त्रीमण्डल गठन पौडेलले उपप्राधन तथा अर्थमन्त्रीको सपथ ग्रहण गरेका हुन्। पौडेल तेस्रो पटक अर्थमन्त्री बनेका हुन् ।
यसअघि पनि एमाले र माओवादी केन्द्र एउटै दल हुँदा पौडेल अर्थमन्त्री बनेका थिए । नेपाली अर्थतन्त्रमा आएको संकट र त्यसको समाधानका लागि अबको सरकारले नीति तथा कार्यक्रम कार्यन्वयन गर्नुपर्ने आवश्यकता देखिएको छ । हालको समस्या समाधान गरि देशलाई समृद्धिको बाटो तर्फ हाक्नका लागि पौडेललाई बलियो रुपमा हेरिएको छ ।
पौडेललाई हाल उत्पन्न नेपाली अर्थतन्त्रको समस्या समाधान गर्न सक्ने नेताको रुपमा पनि हेरिएको छ । नेपालाई भविष्यमा हुने थप जोखिम र हालको आन्तरिक अर्थतन्त्रको गति सहि ढंगले हाक्न सक्ने नेता तथा आम नागरिकको जनविश्वास रहेको छ । यसअघि पनि अर्थमन्त्री पौडेल सेयर लगानीकर्ताहरुको हितमा काम गरेको पाइन्छ । पौडेल अर्थमन्त्री भएपछि निजी क्षेत्रदेखि समसामयिक मुद्दामा सकरात्मक पहल कदमी लिएको र सेयर बजारप्रति सकरात्मक दृष्टिकोण रहेको लगानीकर्ताको विश्वास रहेको छ । सेयर लगानीकर्ताहरुले पनि पौडेल बजारमैत्री अर्थमन्त्रीका रुपमा लिने गरेका छन् ।
यस्तो छ पौडेलको राजनैतिक यात्रा
बुवा देवीलाल र आमा रेवती पौडेलका छोरा विष्णुप्रसाद पौडेलको जन्म २०१६ मंसिर ५ गते स्याङ्जाको पुतलीबजार–१३ मा भएको हो । माध्यमिक तहसम्म अध्ययान गरेका पौडेल २०३३ सालदेखि राजनीतिमा सक्रिय छन् ।
पौडेल २०५१ मा प्रतिनिधिसभा सदस्यसमेत भइसकेका छन् । उनी २०५३ सालमा युवा खेलकुद तथा संस्कृति मन्त्री पनि भएका थिए । तत्कालिन एमालेका केन्द्रीय सचिवसमेत रहेका पौडेल २०६४ सालको संविधानसा चुनावमा रुपन्देही–४ बाट विजयी भएका थिए।
उनले २०३७ मा ३ वर्ष राजकाजको मुद्दा समेत खेपेका छन् । माओवादीसँग एमाले एकीकरण भएपछि बनेको पार्टीको उनी महासचिव पनि भएका थिए। अहिले भने उनी एमालेको उपाध्यक्ष छन् । पौडेल हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं १ बाट बिजयी भएका हुन् ।













