कम्पनीहरुले मर्जर जती ढिला गर्यो त्यत्ति नोक्सान हुन्छ, छिटोछिटो मर्जरमा जाउँ: अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले कम्पनीहरुले मर्जर जती ढिला गर्यो त्यत्ति नोक्सान बताएका छन् । सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स मर्जर पछि बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार सञ्चालनपछि औपचारिक कार्यक्रममा बोल्दैं अध्यक्ष सिलवाले मर्जर ढिला भए घाटा मात्रै हुने बुझेर अन्य कम्पनी पनि छिटोछिटो मर्जरमा जान अनुरोध गरेका हुन ।
ढिलो मर्जरमा जाने योजना बनाएका बीमा कम्पनीहरुले पनि छिटै मर्जरमा जान उनको ग्राहक थियो । कार्यक्रममा बोल्दैं उनले एक महिना पछाडि मर्जर योजना रहेको भए छिटो मर्जरमा जान भनेका हुन । साथै उनले दुबै इन्स्योरेन्सको सफल मर्जर प्रक्रया देखेपछि अन्य कम्पनी पनि जीवन बीमाको पहिलो मर्जर देखेर उनीहरु पनि प्रोत्साहित हुने र अन्य कम्पनी पनि भटाभट मर्जरमा जाने बताएका हुन । अध्यक्ष सिलवालले मर्जरपछि नेपाली बीमा क्षेत्रमा धेरै सुधारहरु हुने बताउँदै मर्जर प्रक्रियामा रहेका बीमा कम्पनीहरुले पनि छिट्टै नतिजा निकाल्ने विश्वास व्यक्त गरे । बीमा क्षेत्रको दीगो विकास र समृद्धिको लागि बीमा प्राधिकरण बीमा कम्पनीहरुलाई जस्तो सुकै सहयोग र साथ दिन तयार रहेको उनको भनाइ रहेको थियो ।

प्रविधि र अनुसन्धानमा लगानी बढाउन आवश्यक रहेको बन्दैं प्रविधिमा लगानी गर्न सहज उनको प्रतिक्रिया रहेको थियो । प्रविधिमार्फत बीमा पोलिसी बिक्री गर्ने पद्धतिको सुरुवात गर्नुपर्ने भएका सबै बीमा कम्पनी यसका लागि तयार हुन उनले आग्रह गरे । साथै बीमा दायरा वृद्धि गर्ने सबैं बीमा कम्पनीहरुले बीमा सारक्षरतामा लगानी गर्नु पर्ने बताएका हुन। ‘बैंकले बीमा काम गर्दैन बीमा बैंकको काम गर्ने नभएकाले बैंकको निक्षेपले बीमाको काम गर्दैन बुझनु पर्दछ’ उनले बीमा कम्पनीहरुले १० वर्षको पूँजी अनुमान बनाएर आगामी १० वर्षमा मेरो कम्पनीलाई कति पूँजी आवस्यक पर्छ भन्ने कुराको अनुमान गर्न सक्नु पर्छ
चुक्ता पुँजीको आधारमा सूर्यज्योति लाइफ नेपालको जीवन बिमा क्षेत्रमा तेस्रो ठुलो कम्पनी भएको छ । कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५४ करोड पुगेको छ । त्यस्तै कुल लगानी २५ अर्व र जीवन बीमाकोष २२ अर्ब, १८० वटा शाखा कार्यालय हरुमा ६७५ जना कर्मचारी रहेछन्।













