२३ श्रावण २०८३, शनिबार

लक्ष्मी बैंकको एकैदिन १० लाख ७० हजार कित्ता सेयर बिक्री, कति छ मूल्य?



काठमाडौं । मंगलबार लक्ष्मी बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । बैंकको आज २० करोड ९४ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज कम्पनीको १० लाख ७० हजार ५९९ कित्ता सेयर खरिदबिक्री भएको छ । सो दिन बैंकको सेयर मूल्य पनि झिनो वृद्धि भएको छ ।

आज बैंकको सेयर मूल्य १.५२ प्रतिशतले वृद्धि भएको हो । बैंकको सेयर मूल्य प्रतिकित्ता ३ रुपैयाँले वृद्धि भई २०० रुपैयाँ पुगेको छ ।