युनियन लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।
कम्पनीको पुस १२ गते मंगलबार बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई ९.१०५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ८.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५५३ प्रतिशत नगद लाभांश दिने भएको हो ।
सो प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।













