११ श्रावण २०८३, सोमबार

लुम्बिनी जनरल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

लुम्बिनी जनरल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस १३ गते बुधवार बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई ७.३५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

सो प्रस्तावित लाभांश अब नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भयृ कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।