निर्जीबन बीमा कम्पनीले आर्जन गरे १६ अर्ब बीमा शुल्क: शिखरलाई पच्छ्याउँदै तीन कम्पनी, कुनको कति ?
निर्जीबन बीमा कम्पनीले आर्जन गरे १६ अर्ब बीमा शुल्क: शिखरलाई पच्छ्याउँदै तीन कम्पनी, कुनको कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को मंसिर मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले झण्डै १६ अर्ब बीमा शुल्क आर्जन गरेका छन् ।
पाँच महिनाको अवधिमा संचालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ९७ करोड ८४ लाख ८२ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।
नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार सो अवधिमा सबैभन्दा धेरै बीमा शुल्क शिखर इन्स्योरेन्सको रहेको छ । सो अवधिमा कम्पनीले १ अर्ब ५४ करोड ५ लाख ४ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।
धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनीको दोस्रो स्थान राष्ट्रिय बीमा कम्पनी रहेको छ । सो अवधिमा कम्पनीले १ अर्ब ३४ करोड ७८ लाख ७७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । सो अवधिमा सबैभन्दा कम नेशनल इन्स्योरेन्सले ४१ करोड ३६ लाख २५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।सो अवधिमा सगरमाथा इन्स्योरेन्सले १ अर्ब २९ करोड ४४ लाख ३ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब २७ करोड ८५ लाख २७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
यस्तै मंसिर मसान्तसम्म सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब १३ करोड रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १० करोड, एनएलजीले ९३ करोड ८० लाख, प्रिमियरले ९० करोड १३ लाख, सानिमा जिआइसी इन्स्योरेन्सले ८३ करोड १२ लाख, लुम्बनी जनरलले ७९ करोड ७९ लाख, आइएमई जनरलले ७५ करोड ४० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
त्यसैगरि अजोड इन्स्योरेन्सले ७४ करोड १६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ६६ करोड ४९ लाख, प्रभु इन्स्योरेन्सले ६० करोड ४९ लाख, ओरिएण्टल इन्स्योरेन्सले ५८ करोड ९५ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले ५३ करोड ७१ लाख, यूनाइटेड इन्स्योरेन्सले ५० रोड ४९ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ४१ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।













