११ श्रावण २०८३, सोमबार

लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

लुम्बिनी जनरल इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुष १३ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत बोनस र ०.३५ प्रतिशत नगद लाभांश (कर प्रयोजन) दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुलाई वितरण गरीनेछ ।