अभिकर्ता परीक्षालाई अझै व्यवस्थित र गुणस्तरीय बनाउँदै प्राधिकरण, यस्तो छ नयाँ निर्देशिका
काठमाडौं । बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा सञ्चालन सम्वन्धि निर्देशिका, २०७९ जारी भएको छ ।
नेपाल बीमा प्राधिकरणले बीमा व्यवसायको विकासका लागि समय सापेक्ष दक्ष जनशक्ति तयार गर्न, बीमा अभिकर्ताको परीक्षालाई व्यवस्थित, गुणस्तरीय र नियमित बनाउन सो निर्देशिका जारी गरेको हो । सो निर्देकिका बीमा प्राधिकरण सञ्चालक समितिबाट गत मंसिर ७ गते स्वीकृत भएको थियो ।
निर्देशिका अनुसार बीमा अभिकर्ताको परीक्षा अनलाइन माध्यमबाट सञ्चालन हुन, परीक्षार्थीले परीक्षा अवधिभर पुरै अनुहार देखिने र आवाज सुनिने गरी भिडियो क्यामरा सुचारु राख्नु पर्ने, परीक्षा अवधिभर विद्युत र इन्टरनेटको बैकल्पिक व्यवस्था आफैले गर्नुपर्नेछ । आचारसंहिता विपरीत कार्य गर्ने परीक्षार्थीको परीक्षा प्राधिकरणको अभिकर्ता इजाजतपत्र हेर्ने महाशाखा प्रमुखले रद्ध गर्न सकिनेछ । परीक्षा रद्ध भएको परीक्षार्थीले ३ महिनासम्म त्यस्तो परीक्षामा सामेल नपाउने व्यवस्था गरिएको निर्देशिकामा उल्लेख छ ।
निर्देशिका अनुसार बीमा अभिकर्ताको परीक्षामा दुई अंकभारको जम्मा ५० वटा वस्तुगत प्रश्नहरु सोधिनेछन् । परीक्षाको अवधि १ घण्टा ३० मिनेटको हुने व्यवस्था रहेको छ ।
अभिकर्ता परीक्षा सञ्चालन सम्वन्धी निर्देशिका हेर्न यहाँ क्लिक गर्नुहोस् ।













