११ श्रावण २०८३, सोमबार

बीमा पोलेसी सरेण्डर एक महिनामै १ अर्ब नाघ्यो: ७ हजार बढी बीमितले त्यागे पोलेसी, कुनको कति ?



काठमाडौं । मंसिर महिनामा बीमा पोलेसी त्याग (सरेन्डर) १ अर्ब नाघेको छ । जीवन बीमा गर्ने बीमितहरुले मंसिरमा १ अर्ब १ करोड ६२ लाख ३१ हजार रुपैयाँ बराबरको बीमा बोलेसी सरेन्डर भएको हो ।

नेपाल बीमा प्राधिकरण उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७९/८० को मंसिरमा ७ हजार ६५० जना बीमितले बीमा पोलेसी सरेन्डर गरेका हुन् ।

सो अवधिमा सबैभन्दा धेरै बीमा पोलेसी सरेन्डर नेपाल लाइफ इन्स्योरेन्सको देखिएको छ । प्राधिकरणको तथ्याङ्क अनुसार कम्पनीको ३३ करोड १ लाख ९८ हजार रुपैयाँ बराबरको पोलेसी सरेन्डर भएको हो । मंसिरमा कम्पनीका २ हजार ४७२ बीमितले सो रकम बराबरको बीमा पोलेसी सरेन्डर गरेका हुन् ।

दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) का ५७२ बीमितले पोलेसी सरेन्डर गरेका छन् । मंसिरमा कम्पनीको १८ करोड ८५ लाख १९ हजार रुपैयाँ बराबरको बीमा पोलेसी सरेन्डर भएको तथ्याङ्कमा छ ।

त्यस्तै, तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सका ७१० बीमितहरुले ११ करोड ८६ दाख २४ हजार रुपैयाँ बराबरको पोलेसी सरेन्डर गरेका छन् । प्राधिकरणका अनुसार मंसिर महिनामा सबैभन्दा कम पोलेसी सरेन्डर महालक्ष्मी लाइफ इन्स्योरेन्सको देखिएको छ । सो महिनामा कम्पनीका २७ बीमितले ३४ लाख ७१ हजार रुपैयाँ रुपैयाँ बराबरको पोलेसी सरेन्डर गरेका हुन् ।

प्राधिकरणको तथ्याङ्क अनुसार मंसिरमा प्राइम लाइफका १ हजार ४५३ बीमितले ८ करोड २३ लाख ८४ हजार रुपैयाँ, राष्ट्रिय बीमा संस्थानका ७६२ बीमितले ७ करोड ९७ लाख ५९ हजार रुपैयाँ, गुराँस लाइफका १८६ बीमितले ४ करोड ९५ लाख ६९ हजार, युनियन लाइफका ४८ बीमितले ३ करोड ७७ लाख ३० हजार, एशियन लाइफका ४८३ बीमितले ३ करोड २८ लाख ५१ हजार, मेट लाइफका २८७ बीमितले २ करोड ५० लाख १९ हजार, सूर्या लाइफका १७९ बीमितले २ करोड १ लाख ५० हजार र ज्योति लाइफका ८७ बीमितले १ करोड ३९ लाख ७१ हजार रुपैयाँ बराबरको बीमा पोलेसी सरेन्डर गरेका हुन् ।

त्यसैगरि रिलायन्स लाइफका ६५ बीमितद्वारा ६९ लाख ७३ हजार रुपैयाँ, प्रभु लाइफका ३८ बीमितद्वारा ६४ लाख १० हजार, रिलायबल नेपाल लाइफका ५० लाख ७६ हजार, सिटिजन लाइफका ७१ बीमितले ४३ लाख १८ हजार, आइएमई लाइफका ४१ बीमितद्वारा ३७ लाख ६७ हजार, सन नेपाल लाइफका ३९ बीमितद्वारा ३७ लाख ४६ हजार, सानिमा लाइफका २६ बीमितद्वारा ३६ लाख ९६ हजार रुपैयाँ बराबरको बीमा पोलेसी सरेण्डर गरेका छन् ।