राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन गरेको छ । राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको तीन महिना नबित्दै चालुपुँजी कर्जा मार्गदर्शनलाई संशोधन गरेको हो ।
राष्ट्र बैंकले भर्चुअल माध्यमबाट आयोजना गरेको पत्रकारसम्म गर्दै चालुपुँजी कर्जामा गरिएको संशोधनको जनाएको हो । राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शनलाई साढे २ वर्षका लागि रिसेड्युल गरेको छ ।
केन्द्रीय बैंकले चालुपुँजी कर्जाको सीमा २०८२ असारसम्म रिसेड्युल गरेको हो । राष्ट्र बैंकले उक्त मार्गदर्शन लागू गरेपछि निजी क्षेत्रले विरोध नै गरेको थियो ।













