व्यापारी रिझाउन संशोधन भयो चालु पुँजी सम्बन्धी व्यवस्था, अर्थतन्त्र सुधारको बाटोमा: राष्ट्र बैङ्क
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले नयाँ सरकार आएसँगै चालु पुँजी कर्जा सम्बन्धी व्यवस्था संशोधन गरेको छ । यसअघि उद्योगी व्यापारीले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधनको माग राखी देशभर आन्दोलन गरिरहेका थिए ।
नयाँ सरकार बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हिजो अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँगको छलफलबाट आगामीमाखी देही क्रमिक रूपमा ब्याजदर घटाउने र चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन गर्ने सहमति भएको थियो । सोही अनुसार राष्ट्र बैङ्कले बुधवारै पत्रकार सम्मेलन गरेर केही विद्यमान व्यवस्थामा संशोधन गरेको हो ।
राष्ट्र बैङ्कले बुधवार पत्रकार सम्मेलन गरेर ५ वटा बुँदा संशोधन गरेको बैङ्कका प्रवक्ता गुणकार भट्टले जानकारी दिए । सीमाभन्दा धेरै कर्जा लिएका व्यवसायीहरूले २०८२ असारसम्ममा ५ किस्तामा कर्जा भुक्तानी गर्न सक्ने गरी मार्गदर्शन संशोधन भएको छ । यो कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण भने नहुने राष्ट्र बैङ्कले बताएको छ ।
संशोधित मर्गदर्शन अनुसार १ करोडभन्दा तलको चालू पुँजी कर्जाको हकमा मार्गदर्शन लागू हुँदैन । त्यस्तै २ करोडभन्दा माथिका कर्जाको हकमा मागर्दशन लागू हुने व्यवस्था गरिएको छ ।
व्यवसायीको चौतर्फी दबाबमा परेका सरकार र नेपाल राष्ट्र बैङ्कले कार्यान्वयनमा ल्याएको तीन महिना नबित्दै चालु पुँजी कर्जा मार्गदर्शनलाई संशोधन गरेको हो । नेपाल राष्ट्र बैङ्कले देशको अर्थतन्त्रका अधिकांश सूचक सुधार तिर लम्किएर बताएको छ । नयाँ सरकार गठन पछि अर्थतन्त्रमा सुधार आएको राष्ट्र बैङ्कले बताएको हो ।
राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टले मुलुकको अर्थतन्त्र सामान्य अवस्थामा फर्किरहेको, लगानी योग्य रकम (तरलता) को समस्या पनि सहज बन्दै गएको लामो समयदेखि देखिएको बाह्य क्षेत्रको अभाव पनि अहिले कम भएको बताएका हुन ।
केन्द्रीय बैङ्कले चालु पुँजी कर्जाको सीमा २०८२ असारसम्म रिसेड्युल गरेको हो । राष्ट्र बैङ्कले उक्त मार्गदर्शन लागू गरेपछि निजी क्षेत्रले विरोध नै गरेको थियो ।













