‘मर्जरबाट ठुला परियोजनामा लगानी गर्न सहज हुन्छ, बैंकहरुको अस्वस्थ प्रतिस्पर्धा हट्छ’ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुक्ष्पकमल दहाल प्रचण्डले बैंकहरुको मर्जरबाट ठुला परियोजनामा लगानी गर्न सहज हुने बताएका छन् ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार शुभारम्भको औपचारिक उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले मर्जरबाट बैंकहरुको बीच हुने अस्वस्थ प्रतिस्पर्धाको पनि अन्त्य हुने बताएका छन । उनले भने,–’मर्जरबाट ठुला परियोजनामा लगानी गर्न सहज हुन्छ, एक आपसमा अस्वस्थ प्रतिस्पर्धामा हट्ने छ ।’
उनले २१ वटा बैंक तथा वित्तीय संस्था गाभिएर ठुलो बनेको ग्लोबल आइएमई बैंकले आयोजनामा लगानी पनि गर्ने बताएका छन् । सोही अवसरमा उनले देशका सबै भागहरुमा समान रुप्मा बैंकिङ्गग सेवा पुर्याउनुपर्नेमा जोडदिए । उनले सरकारले नतिजामुखी काम तत्काल गर्न मन्त्रिपरिषदको पहिलो निर्णय लिएको बताए ।
सोही अवसरमा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले बैंंक ठुलो भएपछि लगानी प्रवर्दनमा सहयोग पुग्ने बताएका थिए ।













