११ श्रावण २०८३, सोमबार

एक दर्जन निर्जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश: सेयरधनीलाई नगदभन्दा बोनस धेरै, कुनको कति ?

एक दर्जन निर्जीवन बीमा कम्पनीले घोषणा गरे लाभांश: सेयरधनीलाई नगदभन्दा बोनस धेरै, कुनको कति ?



काठमाडौं । लाभांश सिजन चलिरहेको छ । यति बेला विभिन्न बैंक तथा वित्तीय कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् ।

हाल निर्जीवन बीमा तर्फ एक दर्जन कम्पनीहरुले आफ्ना सेयरधनीलाई लाभांश वितरणको घोषणा गरेका हुन् । गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हालसम्म १२ वटा निर्जीवन बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका हुन् । कम्पनीहरुले नगदमा भन्दा बोनसमा धेरै जोडदिएका छन् ।

गत आवको मुनाफबाट प्रभु इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, शिखर, प्रिमियर, सिद्धार्थ, युनाइटेड, नेको इन्स्योरेन्स, आइएमई जनरल, एनएलजी र नेपाल इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेका हुन् । यीमध्ये सबैभन्दा धेरै लाभांश शिखर इन्स्योरेन्स वितरण गर्ने भएको छ भने कम युनाईटेड इन्स्योरेन्सको देखिएको छ ।

अजोड इन्स्योरेन्सले भने गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीका सेयरधनीको हात रित्तो हुने भएको छ ।

प्रभु इन्स्योरेन्स

प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुस २४ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ६.७० प्रतिशत बोनस र ०.३५ प्रतिशत नगद गरी कुल ७.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामि २७औं वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।

प्रुडेन्सियल इन्स्योरेन्स

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस १८ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई लाभांश वितरणको घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । सो प्रस्तावित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

सगरमाथा इन्स्योरेन्स

सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई १३.१५७९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५७९ नगद लाभांश दिने भएको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी साधारण सभाले पारित गरे पछि मात्र शेयरधनीहरुलाई वितरण हुनेछ ।

शिखर इन्स्योरेन्स

शिखर इन्स्योरेन्सले १६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.८४२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।

प्रिमियर इन्स्योरेन्स

प्रिमियर इन्स्योरेन्सले पनि आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । कम्पनीको यो लाभांश बीमा प्राधिकरणले संशोधन गरेपछिको हो । यसअघि कम्पनीले ५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।

सिद्धार्थ इन्स्योरेन्स

सिद्धार्थ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ९.४७३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आवको मुनाफाबाट ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।

युनाइटेड इन्स्योरेन्स

युनाईटेड इन्स्योरेन्स कम्पनीले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । जसमध्ये कम्पनीले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।

नेको इन्स्योरेन्स

नेको इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।

आइएमई जनरल इन्स्योरेन्स

आइएमई जनरल इन्स्योरेन्स पनि गत आवको मुनाफबाट लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले आफ्ना सेयरधनीलाई ६.८४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।

एनएलजी इन्स्योरेन्स

एनएलजी इन्स्योरेन्स कम्पनीले १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।

नेपाल इन्स्योरेन्स

नेपाल इन्स्योरेन्सले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले सेयरधनीलाई ८.४२११ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीले ८ प्रतिशत बोनस शेयर र ०.४२११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भइ कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ ।