११ श्रावण २०८३, सोमबार

सिटिजन लाइफ इन्स्योरेन्सको हेम्जा शाखाले साढे १५ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्सको हेम्जा शाखाले साढे १५ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी



काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनिको हेम्जा शाखाले एक जना दिबाङ्गत बिमितका परिवारलाई मृत्यु दाबि भुक्तानी गरेको छ । कम्पनीले मृतकको परिवारलाई १५ लाख ५२ हजार ५०० रुपैयाँ रकम भुक्तानी गरेको हो ।

सोमबार हेम्जामा आयोजित दाबी भुक्तानी कार्यक्रममा पोखरा १७ बिरौटाकि बिप्रशा लामिछनेको परिवारलाई १५ लाख ५२ हजार ५०० रुपैयाँ रकम हस्तान्तरण गरियको हो । सिटिजन बार्षिक अग्रिम भुक्तानी जीवन बिमा योजना अन्तर्गत २०७८ साल साउन ३१ गते जीबन बीमा गर्नु भयकी लामिछनेको २०७९असोज २१ गते पोखराको रिजनल हस्पिटलमा निधन भयको थियो ।

१५ लाखको जीबन बीमा पोलिसी खरिद गर्नु भयकी लामिछानेले पहिलो र दोश्रो बर्षको गरी जम्मा १ लाख १९ हजार ८९२ रुपैया प्रिमियर भुक्तानी गर्नु भयको कम्पनिका हेम्जा शाखा प्रमुख सन्तोष पराजुलिले जनाए । कार्यक्रममा कम्पनिका प्रमुख कार्यकारी अधिकृत पोशक राज पौडेलले लामिछानेका बुवा भरत राज लामिछने लाई उक्त रकमको चेक हस्तान्तरण गर्नु भयको थियो

करिब ५० जना एजेन्सी उपस्थित उक्त कार्यक्रममा कम्पनिका प्रमुख बजार अधिकृत भुषण रिमाल चिफ बिजनेस अफिसर सुनिल पोख्रेल तालिम बिभाग प्रमुख कुबेर पाठक लगायतले आफ्नो मन्तब्य राख्नु भयको थियो । उक्त कार्यक्रमको संचालन पोखरा एरियाका एरिया प्रबन्धक छबिलाल पौडेलले गर्नु भएको थियो ।