नेशनल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी
नेशनल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दाबी बापतको साढे २ लाख भन्दा बढी रुपैयाँ भुक्तानी गरेको हो ।
कम्पनीमा ३ बर्ष अघि मात्र बीमा गरेका कास्की जिल्ला ढिकुरपोखरी १ निवासी वर्ष ५४ का हरि प्रसाद तिवारी कात्तिक १२ गते निधन भएको थियो । मृतकको आफन्तलाई कम्पनीको हेमजा शाखाले पुष १८ गते एक कार्यक्रमको आयोजना गरि २ लाख ५५ हजार २६७ रुपैयाँ बराबरको मृत्युदाबी भुक्तानी गरेको छ ।












