तस्विरमा हेर्नुहोस्, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एकीकृत कारोबार शुभारम्भ कार्यक्रम
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडले आजदेखि एकीकृत कारोबार थालनी गरेका छन् ।दुई बैंक मर्ज भई नेपाल इन्भेष्टमेण्ट मेगा बैकको नामबाट आजदेखि विधिवत रुपमा एकीकृत कारोबार सुरु गरेका हुन् ।
‘समृद्धिको पथमा अघि बढ्दै’ भन्ने नाराका साथ एकीकृत कारोबार सुरु गरेको बैंकले एकता र उत्कृष्टतालाई जोड दिएको छ । मर्जपछि बन्ने बैंककको केन्द्रीय कार्यालय हाल नेपाल इन्भेष्टमेन्ट बैंकको केन्द्रीय कार्यालय रहेको काठमाडौं जिल्ला वडा नम्बर १ दरबारमार्गमा हुनेछ ।
काठमाडौमा आयोजित एक औपचारिक कार्यक्रममा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रूपमा एकीकृत कारोवार सुभारम्भ भएको घोषणा गरेका हुन् ।
तस्विरमा हेर्नुहोस् नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एकीकृत कारोबार शुभारम्भ कार्यक्रम



















