२४ श्रावण २०८३, आइतबार

पहिलोपटक कर्पोरेट डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले पहिलोपटक लाभांश घोषणा गरेकाे छ । बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो।

कम्पनीको पुष २६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक बर्ष २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैकको स्वीकृति भइ कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।