२४ श्रावण २०८३, आइतबार

नवनियुक्त मन्त्रीहरुद्वारा शपथग्रहण



काठमाडौं । प्रचण्ड सरकारमा नवनियुक्त मन्त्रीहरुले शपथग्रहण गरेका छन् । उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथग्रहण गरेका हुन् ।

नयाँ सरकारमा एमालेले सबैभन्दा बढी ८, माओवादीले ३ , रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाएका छन् । यता, जसपाले भने २ वटामा असहमति जनाएको छ ।

त्यस्तै जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ । रास्वपा र राप्रपाले एकएक राज्यमन्त्री पनि पाएका छन् ।