२० श्रावण २०८३, बुधबार

मर्जरपछि प्रभु बैंककाे सीईओमा पुनः अशाेक शेरचन नियुक्त



काठमाडाैं । हालै सेञ्चुरी बैंकसँग मर्जर गरेकाे प्रभु बैंककाे सीईओमा अशाेक शेरचन पुन: नियुक्त भएका छन् । यसअघि साेही बैंकमा २ कार्यकाल (८ वर्ष) सीईओ भएर काम गरेका शेरचनकाे नियुक्ती भएकाे हाे ।

फाइनान्सकाे रूपमा खुलेकाे प्रभुमा स्थापना कालदेखी सीईओ रहेका शेरचनसँग २ दशककाे बैंकिङ अनुभव रहेकाे छ । गत पुष २७ गते सेञ्चुरी कमर्सियल बैंकलाई विलय गरे प्रश्चात सीईओकाे कार्यकाल थप भएकाे हाे ।

शेरचनलाई पुन: ४ वर्षकाे लागी सीईओ नियुक्ती गरिएकाे बैंक श्राेतले बताएकाे छ । माघ १५ गतेदेखी लागु हुनेगरी शेरचनकाे नियुक्ती भएकाे एक संचालकले अर्थपथलाई बताए ।