सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
काठमाडौ । नेपाल मर्चेन्ट बैंकर्स संघले एकीकृत काठमाडौंको ठमेलस्थित होटेल एलफ्टमा “सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयक अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
नेपाल धितोपत्र बोर्डद्वारा जारी “सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७६” को दफा (१५) को उपदफा (७) को अधिनमा रहि संघका सम्पूर्ण सदस्य संस्थाहरुका १ प्रतिशतभन्दा बढी शेयर स्वामित्व भएका शेयरधनीहरु, सञ्चालक समितिका पदाधिकारीहरु तथा उच्च व्यवस्थापन र कर्मचारीहरुलाई सहभागी गराई एकीकृत रुपमा २०७९ साल माघ १३ गतेकाउक्त कार्यक्रम गरेको हो ।
सो अभिमुखीकरण कार्यक्रममा २६ वटा मर्चेन्ट बैंकर संस्थाहरुबाट ७६ जना सदस्यहरुको सहभागिता रहेको थियो । साथै कार्यक्रमलाई प्रभावकारी तथा फलदायी बनाउनको निमित्त श्रोत व्यक्तिको रुपमा नेपाल राष्ट्र बैंकको तर्फबाट वित्तिय जानकारी इकाईका प्रमुख तथा निर्देशक दीर्घ बहादुर रावल र नेपाल धितोपत्र बोर्डको तर्पmबाट कानून विभागका का.मु. निर्देशक एवं AML/CFT शाखाका प्रमुख राजाराम दुवालको उपस्थिति रहेको थियो ।
नेपाल मर्चेन्ट बैंकर्स संघका उपाध्यक्ष तथा ग्लोबल आइएमई क्यापीटलका प्रमुख कार्यकारी अधिकृत श्री पारस मणी ढकालज्यूद्वारा धन्यवाद ज्ञापन तथा श्रोत व्यक्तिका रुपमा पाल्नु भएका अतिथी महानुभावहरुलाई मायाको चिनोे÷प्रतिक प्रदान गरी उक्त कार्यक्रम समापन गरिएको थियो ।












