सनराइज फोकस्ड इक्विटीमा लगानी गर्ने अन्तिम मौका, १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाइने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सनराइज फोकस्ड इक्विटीमा लगानी गर्ने अन्तिम मौका, १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाइने



काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले सनराइज फोकस्ड इक्विटी फण्डको इकाईमा आजसम्म आवेदन दिन सकिनेछ ।

क्यापिटलले माघ १० गतेदेखि यो फण्ड सञ्चालनका लागि प्रतिइकाई १० रूपैयाँ अंकित मूल्यका १२ करोड इकाई बिक्री खुला गरेको हो । सो फण्डमा आज बैंकिङ्ग समयसम्म आवेदन दिन सकिनेछ ।

कुल इकाईमध्ये १ करोड ८० लाख इकाई कोष प्रवद्र्धक सनराइज बैंक लिमिटेडलाई सुरक्षित राखिएको छ । योबाहेक बाँकी न्यूनतम १० करोड २० लाख इकाई सार्वजनिक निष्कासनमार्फत बिक्रीमा ल्याउन लागिएको हो ।

इकाई खरीदकर्ताहरूले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।१० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाको कूल आकार १ अर्ब २० करोड रूपैयाँ रहेको छ । यस योजनाको इकाई बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

खरीदकर्ताहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्