२० श्रावण २०८३, बुधबार

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबारका लागि जुर्यो मिति, भिआरएस लिँदै सिभिलका उच्च व्यवस्थापक कर्मचारी



काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकले एकीकृत कारोबारका लागि मिति तय गरेका छन् । नेपाल राष्ट्र बैंकले मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेसंगै यी दुवै बैंकले एकीकृत कारोबारको तयारीमा झुटेका हुन् ।

सिभिल बैंकलाई प्राप्तिपछि हिमालयन बैंकको नामबाट आगामी फागुन १० गतेदेखि एकीकृत कारोबार सुरु भएको भएको बैंकले जनाएको छ । यी दुवै बैंकबीच १ः८०.२८ स्वाप रेसियामा मर्जरमा जाने सहमति भएको हो । सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीहरुले हिमालयन बैंकको ८० कित्ता सेयर पाउने छन् ।

मर्जपछि बन्ने बैंकको संचालक समितिमा पनि अहिलेको हिमालयन बैंकको नै रहने सहमति भएको छ । सीईओमा हिमालयन बैंकको अशोक राणा रहनेछन् भने वरिष्ठ डेपुटी सीईओ सिभिल बैंकको सुनिल कुमार पोखरले रहने सहमति भएको जनाएको छ ।

तर, सिभिल बैंकका उच्च व्यवस्थापक तहका कर्मचारीहरुले भने भिआरएस लिने भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलसहित उच्च व्यवस्थापक तहका कर्मचारीहरुलाई बैंकले भिआरएस दिने भएको छ । पोखरेलको करिब साढे २ वर्ष बाँकी कार्यकाल रहँदा नै भिआरएस लिने भएको बताइएको छ ।

यस्तै, सिभिल बैंकका उच्च व्यवस्थापक तहका कर्मचारीहरुले भने भिआरएस लिने भएका छन् । बैंकका डेपुटी सीईओ सचिन रायमाझी र चिफ क्रेडिट अफिसर सुमन आचार्यसहित उच्च व्यवस्थापक तहका कर्मचारीहरुले भिआरएस लिने भएका हुन् । भिआरएस मार्फत उनीहरुलाई अधितम २४ महिनासम्म सुविधा प्रदान गरिने बैंकले जनाएको छ ।

हिमालयन बैंकसंगको मर्जपछि सिभिलका व्यवस्थापक तहका कर्मचारीहरु समायोजन गर्दा अधिकांशको एक तह घटुवा हुने र खाइपाई आएको तलब घट्ने भएपछि अवकाश लिन लागेको बताइएको छ ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न गत असार २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।