२५ श्रावण २०८३, सोमबार

कामना सेवा विकास बैंकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन



कामना सेवा विकास बैंकले कस्टुमर डे को अवसरमा सन्जिवनी स्वास्थ्य प्रतिष्ठानको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सााथै,कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा बाहेक अन्य सेवाहरु पनि दिई आफ्नो सामाजिक उत्तरदायित्व निवार्ह गर्ने र विभिन्न सामाजिक कामहरु समेत गर्दै आएको छ ।

यसै अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरी प्रत्येक वर्षको फेरिवरी ९ तारिक कस्टुमर डे समेत मनाउदै आएको छ ।

उक्त सिविर माघ महिना २६ गते बिहिबारको दिन निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठान सगँको सहकार्यमा आफ्नो ग्राहकमहानुभावहरुका लागि निःशुल्क रुपमा स्वास्थ्य जाँच तथा विभिन्न परिक्षण कार्यक्रम सम्पन्न गर्ने भएको छ ।

उक्त कार्यक्रम कोहोलपुर न.पा. वडा नं. ११, नेपालगंज स्थित निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानमा हुने भएको छ ।