ऋणीले तिर्नुपर्ने साँवा ब्याज भाखा नाघेको १ महिनाभित्र तिरेमा पेनाल ब्याज लिन नपाइने
काठमाडौं । ऋणीले तिर्नुपर्ने साँवा/ब्याज भाखा नाघेको १ महिनाभित्र तिरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकका अनुसार २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा/ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गरिने जनाएको हो ।












