२५ श्रावण २०८३, सोमबार

टाटाको विद्युतीय सवारी किन्दा कामना सेवा विकास बैंकले सस्तो ब्याजदरमा ऋण दिने



काठमाडौं । कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङ्ग बीच कर्जा सेवा सम्बन्धी सम्झौता गरेको छ ।

कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन तथा विद्युतीय ट्याक्सी खरिद गर्न चाहाने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङ्गसँग माघ २९ गते आईतबार सम्झौता गरेको हो ।

यस सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट का।मु। कार्यकारी अधिकृत विनय दाहाल र सिप्रदी ट्रेडिङ्गको तर्फबाट महाप्रबन्धक शास्वत जंग सिजापतीले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेको छन् ।

साथै, सम्झौता पश्चात सिप्रदी ट्रेडिङ्गबाट टाटा ब्राण्ड्का विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्ने छन् ।