२६ श्रावण २०८३, मंगलबार

श्रृजनशील लघुवित्तको अधिकांश सूचकहरु ओरालो, कस्तो छ वित्तीय अवस्था ?



काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९ ८० को दोसा्रे त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार सो अवधिमा आइपुग्दा कम्पनीको खुद नाफा ४९.४८ प्रतिशतले घटेर १ करोड ६५ लाख ६५ हजार रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा भने कम्पनीले ३ करोड २७ लाख ९२ हजार रुपैयाँ नाफा कमाएको थियो ।कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफामा गिरावट आएसँगै नाफा घट्न पुगेको छ ।

सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानीमा पनि गिरावट देखिएको छ । गत वर्षको पुस मसान्तसम्मको तुलनामा ३०.९३ प्रतिशतले घटेर ६ करोड १३ लाख रहेको छ । गत वर्ष सोही अवधिमा ८ करोड ६८ लाख ९७ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको सञ्चालन नाफामा घटेको छ । सो अवधिमा कम्पनीको सञ्चालन नाफा ४९.४८ प्रतिशतले घटेर २ करोड ३६ लाख ६५ हजार रुपैयाा कायम भएको छ । तर, गत वर्ष आवको पुस मसान्तसम्ममा कम्पनीको ४ करोड ६८ लाख ४६ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको जगेडा कोष १० करोड ४५ लाख २२ हजार रुपैयाँ रहेको छ । साथै , कम्पनीको सापटि १.०२ प्रतिशत भएको छ ।

कम्पनीको कर्जा प्रवाह २१ प्रतिशत कायम भएको छ । निक्षेप संकलन ९० करोड ५२ लाख ३८हजार रुपैयाँ रहेको छ भने कर्जा प्रवाह २ अर्व ४० करोड २७ लाख ६३ हजार रुपैयाँ प्रवाह गरेको छ । यसको प्रतिसेयर आम्दानी ३० रुपैयाँ २९ पैसा र प्रतिसेयर आम्दानी २४९ रुपैयाँ ६७ पैसा रहेको छ ।