कृषि विकास बैंकका नवनियुक्त अध्यक्ष पुडासैनीले लिए पद तथा गोपनियताको शपथ
काठमाडौं । कृषि विकास बैंक नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले पद तथा गोपनियताको शपथ लिएका छन् ।
अध्यक्ष पुडासैनीले बिहीवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।
बैंकको फागुन १० गते बुधवार बसेको संचालक समितिको बैठकले अध्यक्षमा पुडासैनीलाई चयन गरेको हो । यसअघि उनी संचालक समितिको सदस्य रहेका थिए ।
यसअघि बैंकका अध्यक्ष रमेश दवाडीले योग्यता नपुगेको भन्दै राजिनामा दिएपछि पुडासैनी अध्यक्षमा नियुक्ति भएका हुन् ।












