अलफ्ट होटलका कर्मचारीलाई एनआईबिएल एस क्यापिटलको लगानी तथा म्युचुअल फण्ड सम्बन्धी सचेतना"/>
२६ श्रावण २०८३, मंगलबार


काठमाडौं । एनआईबिएल एस क्यापिटलले अलफ्ट होटलमा कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई लगानी तथा म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम संचालन गरेको छ ।

कार्यक्रममा सहभागीहरुलाई नेपालको धितोपत्र बजारको बारे जानकारी गराउनुका साथै खुलामुखी तथा बन्दमुखी म्युचुअल फण्ड योजनाको बारेमा र खुलामुखी योजना अन्तर्गत रहेको व्यवस्थित लगानी योजना सम्बन्धी सम्पूर्ण जानकारी गराईएको थियो ।

साथै, कार्यक्रममा क्यापिटलले हाल प्रदान गरीरहेको धितोपत्र बजार सम्बन्धी अन्य सेवाहरु लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवाको बारेमा साथै बजारका विभिन्न लगानी उपकरणहरुको बारेमा छलफल भएको थियो ।

सो कार्यक्रममा सहभागीहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन समेत गरिएको थियो । उक्त कार्यक्रमले लगानीकर्ताहरुमा लगानी सम्बन्धी निरन्तर सचेतना अभिबृद्धि भएर जाने विश्वास कम्पनीले राखेको छ ।