सेयर मार्केटमा 'म्युचुअल फण्ड'हरुको लगानी २१ अर्ब नाघ्योः सिद्धार्थ र सानिमा इक्विटीको धेरै, कुनको कति ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सेयर मार्केटमा ‘म्युचुअल फण्ड’हरुको लगानी २१ अर्ब नाघ्योः सिद्धार्थ र सानिमा इक्विटीको धेरै, कुनको कति ?



काठमाडौं । म्युचुअल फण्डहरुले सेयर बजारमा गर्ने लगानी वृद्धि भएको छ । फण्डहरुको सेयर बजारमा हुने लगानी एक महिनामा थप ६० करोड ३७ लाख १७ हजार रुपैयाँ बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ३८ वटा म्युचुअल फण्डहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को माघ महिनाको वित्तीय रिर्पोटले यस्तो देखाएको हो । यीमध्ये ३२ वटा बन्दमुखी र ६ वटा खुलामुखी म्युचुअल फण्ड रहेका छन् ।

माघ महिनामा फण्डहरुले कुल २१ अर्ब ३० लाख १९ हजार रुपैयाँ बराबर लगानी सेयर बजारमा गरेका हुन् । जुन, गत पुस महिनाको तुलनामा २.९६ प्रतिशतले बढी हो । फण्डहरुले पुस महिनामा कुल २० अर्ब ३९ करोड ९३ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका थिए ।

सेयर बजारमा सिद्धार्थ इक्विटी र सानिमा इक्विटी फण्डको लगानी धेरै

माघ महिनाको वित्तीय रिर्पोट अनुसार सिद्धार्थ इक्विटी फण्ड र सानिमा इक्विटी फण्डले सेयर बजारमा सबैभन्दा धेरै लगानी गरेका छन् ।

सो महिनामा सिद्धार्थ इक्विटीले कुल १ अर्ब २२ करोड ७२ लाख रुपैयाँ र सानिमाले १ अर्ब १२ करोड ५१ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका हुन् । यी दुई इक्विटीको लगानी गत पुसको तुलनामा भने क्रमशः ४.९० प्रतिशत र ५.६५ प्रतिशतले कमी हो । गत पुसमा सिद्धार्थ इक्विटीले १ अर्ब २९ अर्ब ४ लाख र सानिमाले १ अर्ब १९ करोड २५ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेका थिए ।

नबिल फेलेक्सी क्याप र सानिमा ग्रोथ फण्डको लगानी उच्च वृद्धि

माघ महिनामा अधिकांश फण्डहरुको सेयर बजार लगानी वृद्धि भएको छ । सो महिनामा सबैभन्दा धेरै नबिल फेलेक्सी क्याप फण्डको वृद्धि भएको छ ।

माघमा फण्डले १३ करोड ८९ लाख २८ हजार रुपैयाँ सेयर बजारमा लगानी गरेको छ । जुन गत पुस महिनाको तुलनामा भने २१८.८४ प्रतिशतले बढी हो । पुसमा फण्डले ४ करोड ३५ लाख ७२ हजार रुपैयाँ लगानी गरेको थियो ।

यस्तै, माघमा सानिमा ग्रोथ फण्डको सेयर बजारमा हुने लगानी १३९.८४ प्रतिशतले बढेर ८ करोड ९१ लाख २१ हजार रुपैयाँ कायम भएको छ । गत पुसमा भने फण्डले ३ करोड ७१ लाख ५८ हजार रुपैयाँ मात्र सेयर बजारमा लगानी गरेको थियो ।

डेढ दर्जन फण्डले गरे सेयर बजारमा ५० करोड माथि लगानी

माघ महिनामा १८ वटा फण्डहरुले सेयर बजारमा ५० करोड भन्दा बढी गरेका छन् ।

सो महिनामा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले सेयर बजारमा ९९ करोड ३९ लाख ३४ हजार र ग्लोबल आइएमई समुन्नत स्किम–१ ले ९५ करोड ६६ लाख २७ हजार रुपैयाँ लगानी गरेका छन् ।

माघ महिनामा मेगा म्युचुअल फण्ड–१ ले ८७ करोड ६८ लाख, नबिल ब्यालेन्सड् फण्ड–२ ले ८७ करोड ६२ लाख, नबिल इक्विटी फण्डले ८४ करोड ६१ लाख, एनएमी ५० ले ८४ करोड ४ लाख, लक्ष्मी इक्विटीले ८२ करोड ८४ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेको देखिएको छ ।

यस्तै, ग्लोबल आइएमई ब्यालेन्सड् फण्ड–१ ले ७९ करोड २३ लाख, नबिल ब्यालेन्सड् फण्ड–३ ले ७२ करोड ४५ लाख, सनराइज ब्लूचिफ फण्ड ७२ करोड ४२ लाख, एनआईबिल समृद्धि फण्ड–२ ले ७१ करोड २२ लाख, सानिमा लार्ज क्यापले ६६ करोड ४० लाख, एनआईसी एशिया ग्रोथ फण्ड ६४ करोड ८२ लाख, सनराइज फस्ट म्युचुअल फण्डले ६१ करोड ३५ लाख, आरविवि म्युचुल फण्ड–१ ले ६१ करोड ७ लाख, कुमारी इक्विटी फण्डले ६० करोड १९ लाख, प्रभु सेलेक्ट फण्ड ५३ करोड ८२ लाख र एनआईबिएल प्रगति फण्डले ५१ करोड १४ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेको छ ।

अन्यको कुनको कति ?


प्रतिक्रिया दिनुहोस्