आइएमई पे मार्फत ‘होली इभेन्ट’को टिकट खरिद गर्न सकिने
काठमाडौं । आइएमई पे मार्फत होली इभेन्टको टिकट खरिद गर्न सकिने भएको छ । आइएमई पेले यो वर्षको होलीको लागि विभिन्न इभेन्ट आयोजकहरुसँग आबद्ध भइ सो इभेन्टहरुको टिकट प्रदाएकको रुपमा रहने जानकारी गराएको छ ।
आफ्नो मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उदेश्यका साथ आइएमई पेले होली इभेन्ट टिकटिङ सुविधा प्रदान गरेको हो ।
आइएमई पेमा ग्राहकवर्गहरुले ३ फरक–फरक होली इभेन्टको टिकट प्राप्त गर्न सकिने छ । होलिमा कलरेल्ला, अन्नपूर्ण होटल, कलर स्प्ल्यास, द मल्ल होटल, होली फिएस्ता २०२३, सिद्दार्थ बुटिक होटलको टिकट आइएमई पे मार्फत खरिद गर्न सकिनेछ ।













