२० श्रावण २०८३, बुधबार

चैतमा निक्षेप र कर्जाको ब्याजदर घटाउने निर्णय, अब कति ?



काठमाडौं । आगामी चैत महिनामा बैंकको ब्याजदर घट्ने भएको छ । बैंकहरुले निक्षेप र कर्जाको ब्याजदर घटाउने भएका हुन् ।

बिहीबार बसेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले ब्याजदर घटाउने निर्णय गरेको हो ।

संघका अनुसार चैत गतेदेखि लागू हुनेगरि बचतको ब्याजदर ०.४२ प्रतिशत बिन्दुले घटाउने भएको छ भने कर्जाको ब्याजदरमा १ प्रतिशत प्रिमियम घटाइएको छ । तर, व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने यथावत रहने बताइएको छ । आगामी चैतमा पनि बैंकहरुले मुद्दति निक्षेपमा ११.४१ प्रतिशत ब्याज दिनेछन् ।

यस्तै, अब आधार दर (बेस रेट) मा ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा प्रवाह हुनेछ । यसअघि ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह भईरहेको थियो ।