२७ श्रावण २०८३, बुधबार

प्रभु स्मार्ट फण्डमा १.५५ गुणा बढीको आबेदन



काठमाडौं । प्रभु क्यापिटल लिमिटेड कोष व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रभु स्र्माट फण्डमा १.५५ गुणा बढी आवेदन परेको छ ।

निष्कासनमा रहेको कुल ८ करोड ईकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैक लिमिटेडले १ करोड १२ लाख इकाई र कोष व्यवस्थापक तथा डिपोजिटरी प्रभु क्यापिटल लिमिटेडले ८ लाख इकाई सुरक्षित गरी ६ करोड ८० लाख इकाई निष्कासन गरेको थियो । फागुन १८ गते देखि सर्वसाधारणको लागि निष्कासनमा ल्याएको उक्त फण्डमा आज अन्तिम दिन रहेको थियो ।

जसमा सर्वसाधारणहरुबाट १० करोड ५२ लाख ९६ हजार २०० इकाईको लागि आवेदन परेको छ । उक्त आवेदन सर्वसाधारणहरुलाई छुटयाईएको भन्दा १.५५ गुणा बढीको आवेदन हो ।