माया खोला हाइड्रोपावरको सेयर रजिष्ट्रार नियुक्त
काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नेका लागि सिटिजन्स् क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नछ ।












