चैत ९ गतेदेखि कुमारी क्यापिटलले खुलामुखी म्युचुअल फण्ड योजना बिक्री खुला गर्ने
काठमाडौं । कुमारी क्यापिटलले खुलामुखी म्युचुअल फण्ड योजना बिक्री खुला गर्ने भएको छ । चैत ९ गतेदेखि क्यापिटलले ‘कुमारी सुनौलो लगानी योजना’ को कुल १० करोड इकाई निष्कासन गर्न लागेको हो ।
जसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ३ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई बिक्री खुला गर्न लागेको हो ।
जसमा चैत १३ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधि भित्र सबै इकाई बिक्री नभएमा चैत २३ गतेसम्म खुला रहनेछ ।
प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।












