घट्यो एनआईबिएल सहभागिता फण्डको डीपी शुल्क, अब कति ?
काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्डको इकाइ कारोबारमा लाग्ने निक्षेप सदस्य शुल्क (डीपी फी) घटाएको छ ।
एक सूचना प्रकाशित गर्दै योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले उक्त खुलामुखी योजनाका इकाइ कारोबारमा लाग्ने डीपी शुल्क घटाएको हो । भोलि चैत १ गतेदेखि लागू हुने गरी यो योजनाका इकाइहरु प्रति कारोबार डीपी शुल्क ५ रुपैयाँ कायम गरिएको छ ।
यसअघि प्रत्येक कारोबारमा २५ रुपैयाँ थियो ।














